हङकङमा खेलकुद क्षेत्रका लेजेन्ड व्यक्तित्वहरू अभिनन्दित « Khabarhub

हङकङमा खेलकुद क्षेत्रका लेजेन्ड व्यक्तित्वहरू अभिनन्दित


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

हङकङ – हङकङ नेप्लिज टेनिस सोसाइटीले  विभिन्न खेल क्षेत्रका हङकंगेली नेपाली लेजेन्ड खेलाडीहरूलाई अभिनन्दन गरेको छ।

अभिनन्दित खेलाडीहरूमा ग्रान्ड मास्टर तुलसी कुमार गुरुङ, पहिलो ओलम्पियन बक्सिङ खेलाडी नामसिङ थापा फल मगर, पूर्व भलिबल खेलाडी जय नारायण चौधरी, वरिष्ठ गल्फ खेलाडी वाइबी राई र टेनिस प्रो. कोच मगेन्द्र राई रहेका छन् ।

मगेन्द्र राईको अध्यक्षता र नेपाली कन्सुलेट सतिश गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रम जोर्डनस्थित बगैँचा रेस्टुरेन्ट एन्ड बारको सभाकक्षमा सम्पन्न भएको थियो ।

हङकङ नेप्लिज टेनिस  सोसाइटीको ‘तेस्रो अधिवेशन तथा टेनिस स्मारिका २०२४’ को लोकार्पण समारोहमा सो अभिनन्दन गरिएको हो। उक्त समारोहमा सोही संस्थाका निवर्तमान उपाध्यक्ष मान गुरुङ, सचिव बज्रकुमार राई, कोषाध्यक्ष नवीन देवान सहकोषाध्यक्ष इन्द्रहाङ राई र किर्तिमानी अल्ट्रा ट्रेल रनर  सन्तोष तामाङलाई सम्मान गरिएको थियो।

त्यसैगरी सो संस्थाका निवर्तमान सदस्य हरिचन्द्र राई, धिराज कुमार साम्पाङ, धीरज बान्तावा, शशिमदन राई, माया राई आरती राई, जि क्लाड्स कम्पनी लिमिटेड र लिङ्कमा कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडलाई कदरपत्र प्रदान गरिएको थियो। उक्त अधिवेशनबाट किशोर थापा अध्यक्षमा चयन भएका छन् भने उपाध्यक्षमा किसन थापा र विकास गुरुङ चयन भएका छन् ।

सचिव टेकेन्द्र सुब्बा र कोषाध्यक्षमा सञ्जीव राई चयन भएका छन्। कार्यसमितिको सदस्यमा अर्जुन गुरुङ, शिवलाल सुवेदी, विकास गुरुङ ‘बि’, प्रकाश गुरुङ र भीम पुन चयन भएका छन्। उक्त समारोहमा हङकङ नेपालीज टेनिस सोसाइटीको गतिविधिलाई समेटेर प्रकाशन गरिएको ‘टेनिस स्मारिका २०२४’ पनि लोकार्पण गरिएको थियो।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  १ : ०८ बजे

ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति

सियोल- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

‘जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्य आवश्यक’

काठमाडौं- सरोकारवालाहरुले जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित

१४औँ कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्छ : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४

रुसी संसदीय निर्वाचनका लागि मतदान सुरु

मस्को- रुसमा ४५० सदस्यीय तल्लो सदन ‘स्टेट डुमा’ चयनका लागि शुक्रबारदेखि