हङकङमा खेलकुद क्षेत्रका लेजेन्ड व्यक्तित्वहरू अभिनन्दित « Khabarhub

हङकङमा खेलकुद क्षेत्रका लेजेन्ड व्यक्तित्वहरू अभिनन्दित


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

हङकङ – हङकङ नेप्लिज टेनिस सोसाइटीले  विभिन्न खेल क्षेत्रका हङकंगेली नेपाली लेजेन्ड खेलाडीहरूलाई अभिनन्दन गरेको छ।

अभिनन्दित खेलाडीहरूमा ग्रान्ड मास्टर तुलसी कुमार गुरुङ, पहिलो ओलम्पियन बक्सिङ खेलाडी नामसिङ थापा फल मगर, पूर्व भलिबल खेलाडी जय नारायण चौधरी, वरिष्ठ गल्फ खेलाडी वाइबी राई र टेनिस प्रो. कोच मगेन्द्र राई रहेका छन् ।

मगेन्द्र राईको अध्यक्षता र नेपाली कन्सुलेट सतिश गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रम जोर्डनस्थित बगैँचा रेस्टुरेन्ट एन्ड बारको सभाकक्षमा सम्पन्न भएको थियो ।

हङकङ नेप्लिज टेनिस  सोसाइटीको ‘तेस्रो अधिवेशन तथा टेनिस स्मारिका २०२४’ को लोकार्पण समारोहमा सो अभिनन्दन गरिएको हो। उक्त समारोहमा सोही संस्थाका निवर्तमान उपाध्यक्ष मान गुरुङ, सचिव बज्रकुमार राई, कोषाध्यक्ष नवीन देवान सहकोषाध्यक्ष इन्द्रहाङ राई र किर्तिमानी अल्ट्रा ट्रेल रनर  सन्तोष तामाङलाई सम्मान गरिएको थियो।

त्यसैगरी सो संस्थाका निवर्तमान सदस्य हरिचन्द्र राई, धिराज कुमार साम्पाङ, धीरज बान्तावा, शशिमदन राई, माया राई आरती राई, जि क्लाड्स कम्पनी लिमिटेड र लिङ्कमा कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडलाई कदरपत्र प्रदान गरिएको थियो। उक्त अधिवेशनबाट किशोर थापा अध्यक्षमा चयन भएका छन् भने उपाध्यक्षमा किसन थापा र विकास गुरुङ चयन भएका छन् ।

सचिव टेकेन्द्र सुब्बा र कोषाध्यक्षमा सञ्जीव राई चयन भएका छन्। कार्यसमितिको सदस्यमा अर्जुन गुरुङ, शिवलाल सुवेदी, विकास गुरुङ ‘बि’, प्रकाश गुरुङ र भीम पुन चयन भएका छन्। उक्त समारोहमा हङकङ नेपालीज टेनिस सोसाइटीको गतिविधिलाई समेटेर प्रकाशन गरिएको ‘टेनिस स्मारिका २०२४’ पनि लोकार्पण गरिएको थियो।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  १ : ०८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै