उत्तारखण्डमा भयानक बस दुर्घटना, मृतकको संख्या ३६ पुग्यो, मोदीले जनाए दु:ख « Khabarhub

उत्तारखण्डमा भयानक बस दुर्घटना, मृतकको संख्या ३६ पुग्यो, मोदीले जनाए दु:ख


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

उत्तराखण्ड- भारतको उत्तराखण्ड राज्यस्थित अल्मोडामा सोमबार बिहान यात्रुबस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ । दुर्घटनालगत्तै २२ जनाले ज्यान गुमाएको अवस्थामा अब मृतकको संख्या बढेर ३६ पुगेको हो ।

उत्तराखण्डको अल्मोडास्थित मार्चुलामा ५५ जना यात्रुले भरिएको ४० सिटे बस अनियन्त्रित भएर खोँचमा खस्दा भयानक दुर्घटना भएको हो ।

स्थानीयबासीको सहयोगमा घाइते र सबै मृतकलाई निकालिएको छ। अल्मोडा जिल्ला आपदा प्रबन्धन अधिकारी विनीत पालले बीबीसीलाई बताएअनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुगेको हो ।

बस दुर्घटनामा अन्य १९ जना यात्रु गम्भीर घाइते भएका छन् । यो बस रामनगर गइरहेको थियो, जो सल्टनजिकै कोपी नामक स्थानबाट खोँचमा खसेको हो ।

अल्मोडाका आपदा प्रबन्धन अधिकारी विनीत पालले बताएअनुसार मृतकको संख्या अझै बढ्न सक्छ । मार्चुलानजिकै भएको यो दुर्घटनाका घाइतेमध्ये चारजनालाई एयरलिफ्ट गरिएको छ । तीन घाइतेलाई एम्स ऋषिकेशमा लगिएको छ । अहिले पनि त्यहाँ एसडीआरएफको टोली उद्धारमा जुटेको छ।

अल्मोडाको सल्ट इलाका एसडीएम अधिकारी सञ्जय कुमारले बताएअनुसार दुर्घटनामा ज्यान गुमाएकाहरूको शव अहिले निकालिँदैछ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले अल्मोडामा बस दुर्घटनाबारे सचिव आपदा प्रबन्धन, आयुक्त कुमाऊँ मण्डल र डीएम अल्मोडासँग फोनमा कुरा गरेर जानकारी लिएका छन् । धामीले उद्धार र उपचारलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

दुर्घटनापछि एसडीआरएफसँगै एनडीआरएफको टोली पनि घटनास्थल पुगेको छ । दुवै टोलीले घटनास्थलमा उद्धार र ज्यान जोगाउने कोसिस थालिसकेको छ।

समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्री धामीले पौडी र अल्मोडाका एआरटीओ अधिकारीलाई निलम्बन गर्न निर्देशन दिएका छन् । उनले मृतकका परिवारलाई जनही चार लाख रुपैयाँ र घाइतेलाई उपचारका लागि एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अल्मोडा दुर्घटनाप्रति समवेदना जनाएका छन् । ‘उत्तराखण्डको अल्मोडामा भएको दुर्घटनमा ज्यान गुमाउनेहरूप्रति मेरो शोक र समवेदना छ । घाइतेको शीघ्र कुशलताको कामना गर्छु । राज्य सरकारको देखरेखमा स्थानीय प्रशासन राहत र उद्धारको हरसम्भव प्रयासमा जुटेको छ।’

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  २ : २४ बजे

चोयाबाट बनेका हस्तकलाका सामग्रीमा आकर्षण घट्यो

म्याग्दी– स्थानीय स्रोत र रैथाने सीपमा आधारित हस्तकलाका सामग्रीको आकर्षण

कालानमक धान लोप हुँदै

बाँके– बाँकेमा परम्परागत कालानमक धानको जात हराउँदै गएको छ ।

सुर्खेतमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

सुर्खेत– जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव आजदेखि सुरु हुँदै

जनकपुरधाम– जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी

एमाले सचिवालय बैठक बस्दै, ११औँ महाधिवेशनको तयारीबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो