टाटाले भारतीय बजारमा दुई वर्षपछि सी २९५ विमानको आपूर्ति थाल्ने « Khabarhub

टाटाले भारतीय बजारमा दुई वर्षपछि सी २९५ विमानको आपूर्ति थाल्ने


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय कम्पनी टाटाले दुई वर्षपछि सी–२९५ विमान आपूर्ति गर्ने भएको छ । टाटा सन्सका प्रमुख एन चन्द्रशेखरनले गुजरात राज्यको बडोदरामा रहेको कारखानाले सन् २०२६ सम्म सी–२९५ विमान आपूर्ति गर्ने लक्ष्य लिएको जनाएका छन् ।

टाटाले विमान उत्पादनकर्ता एयरबससँगको सहकार्यमा बडोदरामा कारखाना स्थापना गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका स्पेनी समकक्षी पेद्रो सान्चेजले कारखानाको उद्घाटन गरेका छन् ।

भारतमा सञ्चालित यो निजी क्षेत्रको पहिलो विमान उत्पादन कारखाना हो । चन्द्रशेखरनले यो कारखाना भारतीय हवाई तथा रक्षा क्षेत्रका लागि कोशेढुंगा रहेको टिप्पणी गरेका छन् । यस कारखानाले भारतलाई आधुनिक उत्पादन प्रक्रियाको नयाँ चरणमा प्रवेश गराउने उनको भनाइ छ ।

भारतीय आर्थिक अनलाइन पोर्टल इकोनोमिक टाइम्सका अनुसार उनले कारखानामा काम गर्न लागेका २ सय जना इन्जिनियरले स्पेनमा तालिम लिइरहेको समेत जानकारी दिएका छन् । प्रधानमन्त्री मोदीको ‘मेक इन इण्डिया’ कार्यक्रमअन्तर्गत नयाँ विमान उत्पादन कारखाना स्थापना गरिएको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ८ : ४३ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको