कर्णालीको दोस्रो हार, काठमाडौं ३ विकेटले विजयी « Khabarhub

कर्णालीको दोस्रो हार, काठमाडौं ३ विकेटले विजयी


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिगअन्तर्गत कर्णाली याक्सले दोस्रो हार ब्यहोरेको छ ।

बुधबार त्रिवि क्रिकेट स्टेडियममा भएको भिडन्तमा काठमाडौं गुर्खाजले कर्णालीलाई ३ विकेटले हराएको हो ।

पहिले ब्याटिङ गर्दै शिखर धवनको ७२ रनको योगदानमा कर्णालीले काठमाडौंलाई १५० रनको चुनौती दिएको थियो ।

कर्णालीका लागि नटआउट रहेका शिखरले ५२ बलमा ७२ रनको शानदार पारी खेलेका थिए । तर काठमाडौंका करण केसीको विस्फोट ब्याटिङले उनको प्रदर्शन पनि ओझेलमा पारिदियो ।

काठमाडौंको जितमा नटआउट रहेका सुमित महर्जनले ३७ बल सामना गर्दै ४० रनको योगदान दिए ।

त्यसैगरी जेर्राड इरास्मसले २८ बलमा ३८ रनको योगदान गरे । उता मिचेल लेभिटले १९ बलमा २२ रन बनाए। कप्तान एवम् अलराउन्डर करणले काठमाडौंका लागि १० बलमा २८ रनको विस्फोटक ब्याटिङ गरेपछि खेल कर्णालीको हातबाट उम्किएको थियो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले काठमाडौंसामू १ सय ५० रनको लक्ष्य दिएको थियो ।

कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । कर्णालीका ओपनर शिखर धवनले ७२ रनको अर्धशतकीय पारी खेले ।

एनपीएलमा धवनको यो पहिलो अर्धशतक हो । यस्तै, चाल्डिक वाल्टनले २१, जिशान मक्सुद १४, बाबर हायत १३ तथा गुलशन झाले १२ रन जोडेका थिए ।

काठमाडौंका लागि जेहार्ड एरास्मसले २ तथा नाथन स्वटर, दीपेश कँडेल र करण केसीले एक–एक विकेट लिए ।

काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो । यसअघि कर्णाली याक्सलाई जनकपुर बोल्ट्सले ८ विकेटले पराजित गरेको थियो ।

चितवन राइनोजसँग पहिलो खेलमा पराजित काठमाडौंले यो प्रतियोगितामा पहिलो जित निकालेको छ ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १२ : ३२ बजे

भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तीव्र (तस्बिरहरू)  

काठमाडौँ – कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले

बालेन लक्षित शंकरको प्रश्न : सिंहदरबार जलाउन उक्साउने को हो ?

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने को

बजेट अभावले होम्ताङ–पिखुवा लिफ्ट आयोजना निर्माणमा ढिलाइ

भोजपुर– बर्सेनि न्यून बजेट विनियोजन हुँदा भोजपुरको होम्ताङ–पिखुवा लिफ्ट खानेपानी

एनआरएनए अमेरिकाको स्पष्टिकरण- मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन

काठमाडौं– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए अमेरिका)

तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन

तेहरान– इरानको राजधानी तेहरानसहित देशका विभिन्न शहरमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी