विनाशबाट बच्न विकासको ढाँचा बदल्नुपर्छ : मुख्यमन्त्री कँडेल « Khabarhub

विनाशबाट बच्न विकासको ढाँचा बदल्नुपर्छ : मुख्यमन्त्री कँडेल


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विनाशको चपेटाबाट बच्न विकासको ढाँचा बदल्नुपर्ने बताएका छन् ।

नगर विकास कोषद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘भूकम्प प्रभावित क्षेत्रका प्राविधिकलाई भवन संहितासम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम’को उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले अहिले भइरहेको जथाभाबी विकासको ढाँचा बदल्न नसकिए विपत्तिको चपेटामा परिने बताए।

उनले भने, ‘अहिले भइरहेको विकासको ढाँचा बदल्न आवश्यक छ । जहाँ देख्यो त्यही माटो खन्ने र जमिन भत्काउने चलन चिन्ताको विषय हो ।’

सडक बनाउने नाममा अहिले भइरहेका यस्ता खालका गतिविधि रोक्न प्राविधिकको नै विशेष भूमिका हुने मुख्यमन्त्री कँडेलले बताए।

विकासको आवश्यकताभन्दा रोजगारीलाई केन्द्रित बनाएर गरिने विकासको ढाँचाले धेरै गाउँ बस्ती जोखिममा परेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले जनप्रतिनिधिले जहाँ भन्छन् त्यही जमिन भत्काउने कामलाई निरुत्साहित गर्न प्राविधिकलाई सुझाव दिए।

उनले भने, ‘विकास कसरी गर्ने र त्यसको दीर्घकालीन असर के हुन्छ भन्ने विषयमा तपाई प्राविधिकले नै सही निर्णय गरेर जनप्रतिनिधिलाई उपयुक्त सुझाव दिने हो । यसलाई दीर्घकालीन र जोखिमरहित बनाउन यहाँहरूकै भूमिका रहन्छ ।’

सबै तहका सरकारसँग चाहिए जति रकम नभए पनि भइरहेको रकमको पनि उचित सदुपयोग नभएको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले भने, ‘हामीसँग चाहिएको जति पैसा त छैन तर भइरहेको बजेटबाट पनि प्राथमिकता र आवश्यकतामाथि धेरै ध्यान पुगेको देखिन्न ।’

कर्णाली प्रदेश विपद्को उच्च जोखिममा रहेकाले यहाँ बन्ने संरचना अरूभन्दा जोखिमरहित बनाउनेतर्फ प्राविधिकले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनः निर्माणका लागि जाजरकोट र रुकुम पश्चिमका ३० इन्जिनियर सहभागी रहेका कोषका कार्यकारी निर्देशक विनोदप्रकाश पण्डितले जानकारी दिए।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ५ : २० बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र