प्रचण्ड सरकारले राष्ट्रहित विपरीत सम्झौता गर्‍यो : पूर्वप्रधानमन्त्री खनाल « Khabarhub

प्रचण्ड सरकारले राष्ट्रहित विपरीत सम्झौता गर्‍यो : पूर्वप्रधानमन्त्री खनाल

सम्झौता सच्याएर माफी नमागे आन्दोलनमा उत्रने चेतावनी


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल एकीकृत समाजवादीका नेता झलनाथ खनालले भारतसँग भएको ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’ सम्बन्धी सम्झौता लज्जाजनक भएको भन्दै आपत्ति जनाएका छन् ।

खनालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना का नाममा एउटा आश्चर्यजनक सम्झौता भएको छ । त्यो सम्झौता बमोजिम अब देखि छिमेकी भारतको नेपालस्थित राजदुतावासबाट २० करोडका योजनाहरू नेपालभरि सोझै बाँड्न र लागू गर्न सक्नेछ । एउटा सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका लागि यो लज्जाजनक र राष्ट्रिय हित विरोधी सम्झौता हो ।’
सरकारले सो सम्झौता नसच्याए जनता सडकमा उत्रन बाध्य हुने खनालले चेतावनी समेत दिएका छन् ।

सत्तारुढ दलका नेता खनालले भनेका छन्- यो नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकारमाथि नै खेलबाड समेत हो । म यस सम्झौताको सम्पूर्ण देशभक्त नेपाली जनताको तर्फबाट कडा शब्दमा विरोध गर्न चाहन्छु 

सत्तारुढ दलका नेता खनालले विज्ञप्तिमा भनेका छन्, ‘यो लापरवाहीपूर्ण र राष्ट्रहित विरोधी सम्झौता मात्र होइन, यो नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकारमाथि नै खेलबाड समेत हो । म यस सम्झौताको सम्पूर्ण देशभक्त नेपाली जनताको तर्फबाट कडा शब्दमा विरोध गर्न चाहन्छु ।’

विगत पञ्चायतकालदेखि नै गौरवमय मातृभूमिको स्वतन्त्रता र सार्वभौमसत्तालाई सीमित बनाउने षड्यन्त्रहरू हुँदै आएको बताउँदै खनालले भनेका छन्, ‘२०४६ सालको परिवर्तनपछि पनि त्यसलाई जारी नै राखियो । ०६२–६३ को जनक्रान्तिपछि यस्ता कुरालाई समग्र रुपमा नै सच्याउनुपर्ने आवश्यकता थियो । वामपन्थी नेता कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेलामा त्यस्ता कुरा सच्चाइने छन् कि भन्ने आश जनताले गरेका थिए तर ती समस्त देशभक्त जनताको भावना, चाहना र अपेक्षालाई कुल्चिदै वहाँकै नेतृत्वको गठबन्धन सरकारले एउटा विदेशी राजदुतावासलाई सोझै २० करोडका योजनाहरू लागू गर्न दिने अकल्पनीय राष्ट्रियता विरोधी सम्झौता गर्न पुगेको छ ।’

पूर्वप्रधानमन्त्री खनाल भन्छन्, ‘देश र जनताको विकासका निम्ति कहाँ कस्तो र कत्रो बजेट दिनुपर्छ त्यो पूर्ण रुपले नेपालको आन्तरिक अधिकारको कुरा हो । कुनै पनि देशका दूतावासलाई नेपालमा योजना र परियोजनाहरू मा सोझै रकम बाँड्ने अधिकार हुँदैन र त्यस्तो अधिकार कसैलाई पनि दिन सकिन्न ।’

खनालको वक्तव्यमा भनिएको छ, ‘उक्त राष्ट्रघाती सम्झौतालाई तुरुन्त रद्द गरियोस, नेपाली जनताका सामु माफी मागियोस् र नेपाल र नेपाली जनताको स्वतन्त्र र सार्बभौम अधिकारको रक्षा गरियोस् । अन्यथा नेपाली जनता सरकारका विरुद्ध सडकमा उत्रिन बाध्य हुनेछन् ।’

हेनुहोस् विज्ञप्ति

 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १० : १७ बजे

सरकारको सय दिने उपलब्धिभित्र छोपिएको सुकुम्बासीको आँसु र अन्योलता

काठमाडौं– नयाँ सरकारले कार्यकालको सय दिन पूरा गर्दै आफ्ना उपलब्धि

कङ्गोमा इबोला सङ्क्रमण तिव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको

राष्ट्रियसभामा बाढीपहिरोले अवरुद्ध राजमार्ग सञ्चालन गर्न सरकारसँग माग

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध

शिक्षक महासङ्घको काठमाडौं जिल्ला समिति विस्तार

काठमाडौं– नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौं गठन

सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा