दैलेखमा विद्युत प्रयोगकर्ता बढे « Khabarhub

दैलेखमा विद्युत प्रयोगकर्ता बढे


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखमा पछिल्ला वर्षहरूमा विद्युत प्रयोग गर्ने नागरिकको सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्लामा विद्युतीकरणले तीव्रता पाएसँगै दैलेखमा विद्युतको प्रयोग गर्ने नागरिकको सङ्ख्या बढ्दै गएको हो ।

जिल्ला विद्युत् वितरण केन्द्रका अनुसार पछिल्ला दुई महिनामा विद्युत प्रयोग गर्ने घरधुरीको सङ्ख्या आठ सयले वृद्धि भएको छ । केन्द्रका प्रमुख नरेशदत्त रावलले हाल जिल्लामा विद्युत् प्रयोग गर्ने घरधुरी १५ हजार आठ सय रहेका जानकारी दिए ।

उनका अनुसार जिल्लाका ११ स्थानीय तहका ९० वडामा हालसम्म ७० प्रतिशत विद्युतीकरण सम्पन्न भएको छ । दैलेखका ९० वडामध्ये हालसम्म ८२ वडामा विद्युतीकरणको काम सम्पन्न भएको कार्यालय प्रमुख रावलले जानकारी दिए ।

“विद्युतीकरणको तीव्र विस्तारसँगै विद्युत उपभोग गर्ने घरको सङ्ख्या बढ्दै गएको छ । दुई महिनाको अवधिमा थप आठ सय घरधुरीमा विद्युत विस्तार भएको छ”, उनले भने । यहाँका आठविस नगरपालिका, ठाँटिकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकाका केही वडामा मात्र विद्युतीकरणको काम हुन बाँकी रहेको जनाइएको छ ।

कार्यालय प्रमुख रावलका अनुसार मङ्गलबार मात्र ठाँटिकाँध गाउँपालिका–५ मा रहेका छ सय घरधुरीमध्ये पाँच सय ५० घरमा बत्ती बालिएको छ । स्थानीय सरकार सञ्चालनमा आएसँगै दैलेखमा विद्युतीकरणले तीव्रता पाएको हो ।

सामुदायिक विद्युतीकरणअन्तर्गत स्थानीय तहले विद्युत विस्तारको कामलाई अघि बढाएका थिए । हाल सामुदायिक विद्युतीकरणअन्तर्गत केही स्थानीय तहको काम विद्युत् वितरण केन्द्र दैलेख मातहत हुँदै आएको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ३ : ५२ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर