भारतसँग भएका सम्झौताबारे जानकारी लिन संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो | Khabarhub Khabarhub

भारतसँग भएका सम्झौताबारे जानकारी लिन संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले भारतसँग भएका सम्झौताबारे प्रधानमन्त्रीसँग जानकारी लिने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा भएको सहमति र सम्झौताका विषयमा जानकारी लिन प्रधानमन्त्रीलाई समितिमा बोलाउने निर्णय गरेको हो ।

बैठकमा केही समिति सदस्यहरुले नेपाल र भारतबीच भएका केही सम्झौता मुलुकको हितविपरीत हुनसक्ने भएकाले सरकारसँग जानकारी माग गर्नुपर्ने धारणा राखेका थिए । सांसदहरुको मागपछि समिति सभापति विमला सुवेदीले सम्झौताका विषय समितिको पनि क्षेत्राधिकार भएकाले यसबारे प्रधानमन्त्रीलाई समितिमा बोलाएर जानकारी लिने निर्णय गरेको बताइन् ।

बैठकमा समिति सदस्य महेश बर्तौलाले नेपाल र भारतबीच भएको सम्झौतामाथि विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको बताए । उनले समानान्तर सरकारको अभ्यास गर्ने गरी भारतलाई अधिकार दिएको भन्ने कुरा पनि आएकाले सम्झौताबारे प्रधानमन्त्रीले समितिमा जानकारी गराउनुपर्ने बताए ।

त्यस्तै, समिति सदस्य सन्तोष परियारले अन्तर्राष्ट्रिय सहमति सम्झौता समितिको कार्यक्षेत्रभित्र पर्ने भएकाले भारतसँग भएका सहमतिबारे जानकारी लिनुपर्ने बताए । उनले सरकारले राज्यलाई लामो समयसम्म असर पर्ने कुनै पनि सन्धी सम्झौता गर्न नहुने उल्लेख गरे ।

अन्य समिति सदस्यहरुले पनि भारतसँग भएको सहमतिका बारेमा प्रधानमन्त्रीले समितिमा आएर प्रष्ट पार्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ५ : ३४ बजे

स्पेनमा ५० हजार दर्शकबीच प्यालेस्टिनी टोलीको मैत्रीपूर्ण खेल

बिलबाओ– प्यालेस्टिनी फुटबल खेलाडीहरूको चयन गरिएको टोलीले शनिबार बास्क देशका

निर्वाचन आयोगद्वारा दुर्गा प्रसाईँको नागरिक बचाउ दल सनाखत

काठमाडौं– व्यवसायी दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि

अमेरिकाद्वारा बी-६१-१२ आणविक बमको सफल उडान परीक्षण सम्पन्न

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले आफ्नो अत्याधुनिक बी–६१–१२ आणविक गुरुत्वाकर्षण बमको

चितवनका माओवादी कार्यकर्ताद्वारा प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको घोषणा

काठमाडौं– चितवनका नेकपा माओवादी केन्द्रका विभिन्न तहमा रहेका कार्यकर्ताहरूले प्रगतिशील

नबिल बैंकद्वारा डेबिट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

काठमाडौं– नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेबिट कार्ड जारी गरेको