त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार जाँच क्षेत्र विस्तार « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार जाँच क्षेत्र विस्तार


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार जाँच क्षेत्र विस्तार गरिएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विगतमा साँघुरो भई भीडभाड हुने उक्त क्षेत्र विस्तारसँगै यात्रुलाई सहज हुने भएको छ ।

“अन्तर्राष्ट्रिय टर्मिनलको आगमन भन्सार क्षेत्र साँघुरो भई यात्रुलाई असहज भइरहेकामा सो क्षेत्रको विस्तार भएको छ, प्रस्थानको ‘चेक इन’ क्षेत्रसमेत विस्तार गर्न लागिएको छ”, महाप्रबन्धक तिवारीले भने । आन्तरिक आगमनतर्फ एक मात्र ‘ब्यागेज बेल्ट’ रहेकामा छुट्टै दुई बेल्टसहित फराकिलो आगमन टर्मिनल निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

योसँगै अन्तर्राष्ट्रिय टर्मिनल भवनको चेक इन क्षेत्र विस्तारको कार्य अघि बढाइने महाप्रबन्धक तिवारीले जानकारी दिए । विमानस्थलको धावनमार्गबाट जहाज बाहिर गई जहाजको ल्याण्डिङ गियर/चक्का धसिएर वा क्षति भई जहाज चल्न नसक्ने ‘डिसेबल’ भएको अवस्थामा जहाजलाई यथासक्य छिटो कम क्षति हुने गरी तानेर धावमार्गको अवरोध हटाई अपरेसन सञ्चालन गर्न आवश्यक कम्तीमा पनि न्यूनतम उपकरणको व्यवस्था गर्न लागिएको छ ।

कार्यालयसँग हुनुपर्ने आवश्यकता विगतको घटना (टर्किसलगायत आन्तरिक जहाजको घटना) ले दिलाएकाले अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डिसेबल एयरक्रफ्त रिकोभरी किट्स’ को व्यवस्था गरिएको विमानस्थलले जनाएको छ । त्यस्तै आन्तरिक सवारी पाकिङ क्षेत्र र एक्सेस रोडको विस्तार सम्पन्न भएको छ । यसले पार्किङ क्षमता बढ्ने र यात्रु छाड्नमात्र आउनेका लागि पार्किङमा जान नपर्ने गरी निःशुल्क ‘ड्रप’ मात्रको पनि सुविधा प्राप्त हुनेछ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ५ : ४९ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण