एसियाको सबैभन्दा धनी व्यक्तिमा पुनः गौतम अडानी « Khabarhub

एसियाको सबैभन्दा धनी व्यक्तिमा पुनः गौतम अडानी


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.5k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- भारतका गौतम अडानी शुक्रबार पुनः एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् । बजारमा चलखेल गरेको आरोपमा आफ्नो समूहको सेयर मूल्यमा गिरावट आएको एक वर्षपछि विश्वका अर्बपतिहरूको ब्लुमबर्गको सूचकाङ्कअनुसार अडानी शुक्रबार एकपटक पुनः एसियाको सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।

अमेरिकी लगानी अनुसन्धान फर्म हिन्डनबर्ग रिसर्चको प्रतिवेदनपछि अडानी समूहलाई आफ्ना बजार मूल्यभन्दा एक सय ५० अर्ब डलरभन्दा बढी नोक्सान भएको थियो । प्रतिवेदनमा समूहमाथि ‘निर्लज्ज’ कर्पोरेट ठगीको आरोप लगाइएको थियो ।

टेस्लाका संस्थापक एलन मस्कलाई पछि पार्दै विश्वको सबैभन्दा दोस्रो धनी व्यक्ति बनेका परिवारद्वारा सञ्चालित अडानी समूहका संस्थापक गौतम अडानीको व्यक्तिगत सम्पत्ति करिब ८० अर्ब डलरले घटेको थियो । यद्यपि सार्वजनिक छानबिनमा कमी आएपछि अडानी र उनको व्यवसाय दुवैले ती घाटामध्ये अधिकांशलाई कम गरेका छन् ।

ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सका अनुसार यस साता अडानीको कूल सम्पत्ति करिब सात अर्ब ७० करोड डलरले बढेर ९७ अर्ब ६० करोड डलरसम्म पुगेको छ । उनको सम्पत्ति भारतीय धनाढ्य मुकेश अम्बानीभन्दा थोरैले बढी छ । मापनअनुसार यी दुवैजना अहिले विश्वको १२औँ र १३औँ सबैभन्दा धनी व्यक्ति हुन् ।

भारतको सर्वोच्च अदालतले अडानीमाथि हिन्डनबर्गले लगाएका आरोपहरूको अनुसन्धानको दायरालाई बढाउन माग गर्ने निवेदनलाई खारेज गरेपछि यस साता सूचीबद्ध अडानी समूहका कम्पनीहरूको सेयर उकालो लागेको छ । अदालतले बजार नियामकहरूले गरेको विद्यमान अनुसन्धान पर्याप्त भएको बताएको छ ।

“सम्माननीय सर्वोच्च अदालतको फैसलाले सत्यको जीत भएको देखाएको छ”, फैसलापछि अडानीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “म हाम्रो साथमा उभिनेहरूप्रति आभारी छु, भारतको विकास गाथामा हाम्रो विनम्र योगदान जारी रहने छ ।” हिन्डनबर्गले कर्पोरेटमा हुने गलत कामहरूलाई मात्र नहेरी घट्दो सेयरमा बाजी लगाएर पैसा पनि कमाउँछ ।

अडानीले गत वर्ष आफ्नो प्रतिवेदनमा ठगीका आरोपहरूलाई अस्वीकार गरेका थिए । उनले अल्पकालीन बिक्रेताहरूको फाइदाका लागि आफ्नो समूहको छविलाई बिगार्ने ‘जानीजानी गरिएको प्रयास’ भनेका थिए । प्रतिवेदनअघि अडानी समूहको सयेर मूल्य तीव्र रूपमा बढेको थियो र समूहको मुख्य सूचीबद्ध एकाइले सन् २०२३ जनवरीसम्म पाँच वर्षमा एक हजार प्रतिशतभन्दा बढी वृद्धि हासिल गरेको थियो ।

यसबाट समूहको तीव्र विस्तारमा थप सहयोग पुगेको थियो । समूहको पहुँच अहिले कोइला खानी, नवीकरणीय ऊर्जा, बन्दरगाह, विमानस्थलसहित धेरै प्रमुख क्षेत्रमा विस्तार भएको छ ।

अडानीलाई गुजरात राज्यका स्थानीयवासी एवं हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीको निकट सहयोगी मानिन्छ । विपक्षी दल तथा अन्य आलोचकहरूले उनीहरूबीचको सम्बन्धले अडानीलाई अनुचित रूपमा व्यापार जित्ने र उचित निरीक्षणबाट बच्न सहयोग पुगेको बताएका छन् ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ६ : ५९ बजे

बूढासुब्बा गोल्डकपः धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश

सुनसरी – छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौं – यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य

हत्यामा संलग्न रहेको आरोपमा नुवाकोटबाट दुई जना पक्राउ

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या

गोरेटो एजुकेशनल कन्सल्टेन्सीको पाँचौँ साधारणसभा सम्पन्न

काठमाडौँ- गोरेटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी