विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

आज पुस २० २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जनवरी ५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

३२ जना आप्रवासीको अपहरणपछि आपराधिक गिरोहले फिरौती मागे : मेक्सिकन राष्ट्रपति ओब्राडोर

उत्तरी मेक्सिकोमा उद्धार गरिएका ३२ आप्रवासी अपहरण गर्ने गिरोहले संयुक्त राज्य अमेरिकामा रहेका अपहरितका आफन्तसँग रकम असुल्न खोजेको मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले शुक्रबार बताएका छन् ।

मेक्सिकोको तमाउलिपास राज्य हुँदै अमेरिकी सीमासम्म बसमा यात्रा गर्ने क्रममा शनिबार ती आप्रवासीको अपहरण गरिएको थियो । अपहरण र फिरौतीको धम्कीका कारण मेक्सिकोका धेरै राजमार्गहरू खतरनाक मार्ग मानिन्छन् ।

“अपहरणकारीले बसका चालक र मेक्सिकोका यात्रुलाई रिहा गरेका छन्”, राष्ट्रपति लोपेज ओब्राडोरले बिहानको नियमित भेटघाटका क्रममा भने, “अपहरणकारीले खोजी अभियानको एक भागको रूपमा अधिकारीहरू तैनाथ गरिएको थाहा पाएपछि उनीहरूलाई रिहा गर्ने निर्णय गरेका थिए ।”

“अनुसन्धान जारी छ,” उनले भने, “अहिलेका लागि उनीहरूलाई ‘सुरक्षित र स्वस्थ’ जीवितै रिहा गरिएकोमा खुशी मनाऔँ ।” मेक्सिकोको नेसनल माइग्रेसन इन्स्टिच्युटले बिहीबार अबेर राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मेक्सिकोले आप्रवासीहरूलाई मानवीय आधारमा भिसा प्रदान गर्नेछ र उनीहरूलाई सार्वजनिक सेवाहरूमा पहुँच प्रदान गर्नेछ ।”

तमाउलिपासका गभर्नर अमेरिको भिल्लारियलले मिलिनियो टेलिभिजनलाई दिएको जानकारीअनुसार अपहरणमा परेकामध्ये एक वर्षीय बालकसहित नौ जना बालबालिका रहेका छन् । उद्धार गरिएकामध्ये अधिकांश भेनेजुएलाका र केही होन्डुरसका नागरिक रहेको उनले बताए । यसअघि अधिकारीहरूले यो सङ्ख्या ३१ रहेको बताएका थिए ।

राष्ट्रपतिका प्रवक्ता जिसस रामिरेजले उपचार गराइरहेको र टेडी बियर समातेको बच्चासहितको तस्बिर ती आप्रवासीले सार्वजनिक गरेका जानकारी दिए । सरकारी अधिकारीले चालकलाई उद्धृत गर्दै यसअघि बताएअनुसार बसलाई पाँचवटा गाडीले रोकेको र भेनेजुएला, कोलम्बिया, होन्डुरस, इक्वेडरलगायतका मुलुकका आप्रवासीलाई लगेका थिए ।

बस छिमेकी राज्य नुएभो लियोनको मोन्टेरी शहरबाट छुटेको थियो र टेक्सासको ब्राउन्सभिलबाट सीमापारी माटामोरोसतर्फ गइरहेको थियो । मेक्सिको पार गर्ने आप्रवासीहरूले सामना गर्नु परिरहेको मुख्य खतराहरूमध्ये आपराधिक गिरोहहरूद्वारा हुने अपहरण, सडक यातायात दुर्घटना र सुरक्षा बलहरूद्वारा फिरौतीसहित अन्य खतराहरू हुन् ।

हालैका हप्ताहरूमा आप्रवासन बढ्दै जाँदा हरेक दिन १० हजारको हाराहारीमा आप्रवासीहरूले सीमा पार गर्ने गरेको रिपोर्ट अमेरिकी सीमा प्रहरीले गरेको छ ।

सोमालियामा १५ भारतीय सवार कार्गो जहाज अपहरित

सोमालियाको तटीय क्षेत्रमा बिहीबार राति १५ चालक दलका सदस्यसहित ‘एमभी लिला नोर्फोक’ नामक मालवाहक जहाज अपहरणमा परेको भारतीय नौसेनाले जनाएको छ ।

नौसेनाले घटनालाई नजिकबाट नियालिरहेको र त्यसतर्फ युद्धपोत पठाएको सैन्य अधिकारीले शुक्रबार बताएका छन् ।

सोमालियाको तटीय क्षेत्रमा बिहीबार साँझ जहाज अपहरण भएको सूचना प्राप्त भएको सैनिक अधिकारीले पुष्टि गरेका छन् ।

भारतीय नौसेनाको विमानले जहाजमा निगरानी राख्दै आएको छ । भारतीय नौसेनाको युद्धपोत आईएनएस चेन्नई स्थितिको सामना गर्न अपहरण गरिएको जहाजतर्फ अघि बढिरहेको अधिकारीले बताएका छन् ।

युक्रेन आक्रमणका रूसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेको अमेरिकी दावी

उत्तर कोरियाले युक्रेनमा हालै भएको आक्रमणमा प्रयोग भएका ब्यालेस्टिक क्षेप्यास्त्र र लन्चर रूसलाई उपलब्ध गराएको ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेको करिब दुई वर्ष हुँदै गर्दा रूसले आफ्नो सहयोगी इरानसँग क्षेप्यास्त्र खरिद गर्न खोजी गरिरहेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकासँगको ‘सैन्य भिडन्तको तयारीका लागि क्षेप्यास्त्र लञ्चरको उत्पादन बढाउन आह्वान गरेपछि ह्वाइट हाउसको यो टिप्पणी आएको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीका अनुसार प्योङयाङले आपूर्ति गरेको करिब ९०० किलोमिटर (५५० माइल) लामो दूरीमा हान्ने क्षेप्यास्त्रले रूसले युक्रेनमा गत साता दुई पटक आक्रमण गरेको थियो ।

ताइवानले जापानलाई ६ करोड येन सहयोग गर्ने

जापानमा गएको भुकम्पको पुनर्निमाणका लागि ताइवानले ६ करोड येन सहयोग गर्ने भएको छ ।

ताइवानका अधिकारीहरूले मध्य जापानमा गएको गत सोमबारको विनाशकारी भूकम्पपछिको राहत र पुनर्निर्माणको प्रयासका लागि ६ करोड येन सहयोग गर्ने भएका हुन् ।

ताइवानका विदेशमन्त्री जोसेफ वुले बिहीबार उक्त प्रतिज्ञाको घोषणा गरेका छन । उनका अनुसार जापानको भुकम्प आपतकाल पनि आपतकाल हो भन्ने निष्कर्षमा ताइवान रहेको पनि जनाए ।

उनले भूकम्पबाट प्रभावितहरू यथाशीघ्र आफ्नो सामान्य जीवनमा फर्किने विश्वास व्यक्त गरेका छन भने प्रकोपबाट प्रभावितहरूलाई प्रोत्साहित गर्नु पर्ने उनको भनाइ छ ।

ताइवानका स्वास्थ्य अधिकारीहरूले शुक्रबारदेखि जनवरी १९ सम्म त्यहाँका जनताले बैंक, हुलाक कार्यालय र सुविधा स्टोरहरूमा पैसा दान गर्न सक्ने सुविधा बनाएको बताए । यसरी जम्मा भएको कोष कहाँ पठाउने भनेर निर्णय गर्न उनीहरूले जापानी अधिकारीहरूसँग परामर्श गर्ने बताएका छन्।

गाजाबाट ५१ प्यालेस्टिनी महिला इजरायली सेनाद्वारा गिरफ्तार

जरायली सेनाले हमाससँग चलिरहेको युद्धको बीचमा गाजा पट्टीबाट कम्तिमा ५१ प्यालेस्टाइनी महिलालाई गिरफ्तार गरेको दुई प्यालेस्टाइन समूहले बताएको छ।

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनीज एण्ड एक्स-प्रिजनर्स अफेयर्स अथोरिटी र प्यालेस्टाइन प्रिजनर्स क्लबले संयुक्त विज्ञप्तिमा ती महिलाहरूलाई इजरायलको डेमोन जेलमा राखिएको बताएको छ। पक्राउ पर्नेमा ८२ वर्षीया महिला र उनका धेरै आफन्त रहेको उनीहरूले बताए ।

गाजाबाट महिला बन्दीहरूको वास्तविक संख्या बढी रहेको समेत बताए, तर तिनीहरूसँग डेमोन जेलमा रहेकाहरूको बारेमा मात्र स्पष्ट तथ्यांक रहेको बताए ।

विज्ञप्तिमा भनिएको छ कि महिलाहरूले ‘यातना र अपमान’ को सामना गर्नुपरेको थियो र गाजाका सबै बन्दीहरू जस्तै ‘दुःखद परिस्थिति’ मा हिरासतमा राखिएको थियो।

इजरायलले मानवअधिकार संगठनका वकिलहरूलाई बन्दीहरूलाई भेट्न र तिनीहरूको अवस्थाबारे जान्नबाट रोकेको र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमा पहुँच पनि अस्वीकार गरेको बताएको छ।

इजरायली जेल प्रशासनले भने त्यहाँ केवल ६६१ जना गाजा बन्दी रहेको खुलासा गरेको छ र तिनीहरूलाई गैरकानूनी लडाकु भनेर दर्जा दिइएको छ।

इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघ्यो

इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघेको छ । प्यालेस्टाइनी अतिवादी समुह हमासको अचानक हमलापछि जबाफी कारबाहीमा उत्रेको इजरायलको हमलामा परी ९० दिनमा २२ हजार बढी मारिएका हुन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अलकुद्राका अनुसार गत अक्टोबर ७ देखी यता गाजा पट्टीमा इजरायली आक्रमणमा कुल २२,४३८ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

उनका अनुसार सो इजरायली हमलामा परी अहिलेसम्म कम्तीमा ५७ हजार ६१४ जना घाइते भएका छन् भने यसरी मारिने र घाइते हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन्।

विगत २४ घण्टामा करिब १२५ प्यालेस्टाइनीको मृत्यु भएको र ३१८ जना घाइते भएको मन्त्रालय अपडेट गराएको छ ।

गाजा सरकारका अनुसार करिब ७ हजार अन्य अझै बेपत्ता भएका छन् र उनीहरूको घरको भग्नावशेषमा पुरिएको अनुमान गरिएको छ।

लाल सागरमा आक्रमण नरोके अन्तर्राष्ट्रिय कारबाही गर्ने बेलायती विदेश मन्त्रीको चेतावनी

बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले रेड सीमा भइरहेको आक्रमण रोक्नु पर्ने बताएका छन् । बेलायती विदेश मन्त्री डेभिड क्यामरुनले रेड सी शिपिंग लेनहरूमा आक्रमणहरू रोक्नु पर्ने भन्दै अन्यथा अन्तर्राष्ट्रिय कारबाही गरिने जनाएका हुन ।

क्यामरुनले युनाइटेड किंगडमले कस्तो कारबाही गर्ने छ ? अहिले नै निर्दिष्ट गर्न भने अस्वीकार गरेका छन् ।

‘यो अवैध छ। यो गाजासँग गर्नको लागी हैन, यो इजरायलसँग गर्नको लागी हैन, यो नेभिगेसनको स्वतन्त्रताको बारे मा छ,’ उनले भने, ‘यो जहाजहरूको आफ्नो कार्गो बोक्ने क्षमताको बारेमा हो ।’

कोसोभोको यात्राको क्रममा रहेको बेलायती विदेशमन्त्रीका अनुसार उनले लाल सागरमा हमला नरोकिए अन्तर्राष्ट्रिय कारबाही गर्ने भने स्पष्ट पारेका छन् ।

‘यदि यो अवैध र अस्वीकार्य तरिकाले जहाजहरू आक्रमणमा आइरह्यो भने विश्व अर्थतन्त्रमा हरेकले पीडा भोग्नेछ,’ उनले जोड गर्दै भने, ‘र यी आक्रमणहरू रोक्न आवश्यक छ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ८ : २४ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार