प्रधानमन्त्री कप छनोट: स्याङ्जा विजयी « Khabarhub

प्रधानमन्त्री कप छनोट: स्याङ्जा विजयी


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कास्की – आसन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय एक दिवसीय छनोट प्रतियोगिताको आजको खेलमा स्याङ्जाले बागलुङमाथि एक सय ४१ रनको जित दर्ता गरेको छ ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको खेलमा ‘म्यान अफ दी म्याच’ घोषित ईश्वर क्षेत्रीले एक सय ४४ रनको योगदान दिएपछि स्याङ्जाले सहज जित निकालेको हो ।

बाग्लुङ भने आफ्नो दोस्रो खेलमा पनि पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ । बिहीबारको उद्घाटन खेलमा बागलुङ कास्कीसँग एक सय ५३ रनले पराजित भएको थियो ।

बागलुङविरुद्ध टस जितेर व्याटिङ सुरुआत गरेको स्याङ्जाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय ४४ रनको विशाल योगफल तयार गरेको थियो । जितका लागि तीन सय ४५ रनको विशाल लक्ष्य पछ्याएको बागलुङले निर्धारित ५० ओभर पूरा खेल्दै आठ विकेटको क्षतिमा दुई सय तीन रनमात्रै बनाउन सक्यो ।

स्याङजाका व्याट्सम्यान अश्विन रानाले ३८ बलमा ४४ रन, सन्दीप खत्री क्षेत्रीले ३२ र करन पङ्गेनीले २८ रनको योगदान दिए । बागलुङका लागि अर्जुन रायमाझीले १० ओभरमा ३० रन दिएर तीन विकेट हात पार्दा अङ्कित न्यौपानेले दुई विकेट लिए ।

बागलुङका लागि अर्जुन रायमाझीले ७० र दीपेश कुँवरले ५४ रनको अर्धशतकिय पारी खेल्नुभयो । स्याङजाका बलर तुलसीराम भण्डारीले तीन र अङ्कित न्यौपानेले दुई विकेट लिए। प्रतियोगिताको समूह ‘ए’मा रहेका कास्की र स्याङ्जाको समान दुई–दुई अङ्क भएको छ । बागलुङ भने कुनै पनि अङ्क नजोडेर बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत शनिबार हुने कास्की र स्याङ्जाबीचको खेलले समूह विजेताको टुङ्गो लगाउने छ ।

समूह विजेताले फाइनल खेल्नेछ । प्रतियोगिता समूह ‘बी’मा तनहुँ, नवलपुर र पर्वत छन् । प्रतियोगिताको फाइनल खेल यही पुस २५ गते सञ्चालन हुने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । गण्डकी प्रदेशमा जिल्लास्तरीय छनोट प्रतियोगितापछि प्रादेशिक छनोट सञ्चालन गरिएको सिग्देलले बताए ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ८ : १७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार