मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री « Khabarhub

मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पाल्पा – अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः सुधारोन्मुख हुँदै गएका बताएका छन् ।

पाल्पाको रामपुर नगरपालिकामा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २५औँ साधारण तथा रजत जयन्ती समारोह उद्घाटन गर्दै अर्थमन्त्रीले विगतको तुलनामा मुलुकको अर्थतन्त्र विस्तारै आफ्नै लयमा फर्किएको बताए ।

अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारप्रसारको आवश्यकता रहेको उनले बताए । उनले बचतकर्ताको रकम हिनामिना गर्नेलाई कानुनको ल्याइने जानकारी गराए । देशभरका सहकारीको नियमनका लागि सरकारले छुट्टै नियामक निकाय गठन गर्ने प्रक्रियाअघि बढाएको उनले बताए । नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन तथा कृषिको आधुनिकीकरणबाटै आर्थिक समृद्धि हासिल हुने उनले बताए ।

लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै पूर्वी पाल्पाको विकासमा सहकारीले महत्वपूर्ण योगदान गरेको बताए । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पछिल्लो समय सहर बजारका सहकारीमा अनियमितता भएका विवरण बाहिर आए पनि गाउँका सहकारीले नागरिकको जीवनस्तर माथि उकास्न ठूलो टेवा पु¥याएको बताए ।

लघुवित्त कार्यक्रममार्फत शेयर सदस्यलाई आयआर्जनमुलक क्षेत्रमा लगानी गरेर कृषि, पशुपक्षीपालन, व्यापार व्यवसायबाट आत्मनिर्भर बनाउन सहकारीले जोड दिएको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाले बताए ।

विसं २०५५ मा खेतको आलीमा गठन भएर मासिक ५० पैसाबाट बचत गर्न थालेको यो सहकारी अहिले पाल्पाकै नमूना सहकारीको रुपमा पहिचान बनाउन सफल भएको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ९ : ३१ बजे

पर्यटन प्रवर्द्धनका लागि निसान पदमार्गमा ‘पदयात्रा’

फिक्कल–  नेपाल एकीकरणताका पूर्वीसीमा विजय भएपछि गाडिएका ऐतिहासिक निसान फर्काइएका

रोकिएनन् गगन-विश्व : औपचारिक रुपमा अघि बढाए विशेष महाधिवेशनको तयारी

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आगामी

आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी बौद्धमा (तस्बिरहरू)

काठमाडौं– आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी बौद्धमा प्रदर्शन गरिएको छ

राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

१३ अंकले घट्यो नेप्से, ५ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.३५ अंकले घटेको छ