पाकिस्तानमा हिन्दू बालिकालाई अपहरण गरी जबरजस्ती धर्मपरिवर्तन गराएपछि... | Khabarhub Khabarhub

पाकिस्तानमा हिन्दू बालिकालाई अपहरण गरी जबरजस्ती धर्मपरिवर्तन गराएपछि…


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा एक जना हिन्दू बालिकालाई अपहरण गरी जबरजस्ती धर्मपरिवर्तन गराइएको पाइएको छ । सिन्ध प्रान्तमा भएको घटनामा इन्द्र दिवान नाम गरेकी बालिकालाई इस्लाम धर्म मान्न बाध्य पारिएको हो ।

सिन्ध प्रान्तको हैदरवाद नजिकै रहेको तान्दो जाम क्षेत्रमा रहेको उनको आफ्नै घरबाट इन्द्रलाई अपहरण गरिएको र इस्लाम मान्न बाध्य पारिएको हो ।

उनलाई स्थानीय इस्लामिक उग्रवादी साजिद हुसेनले अपहरण गरेको र इस्लाम मान्न बाध्य पारेको न्युज इन्टरभेन्सनले जनाएको छ । इस्लाम धर्म मान्न बाध्य पारेपछि हुसेनले ती बालिकाको नाम ‘नइमत’ राखिदिएका थिए ।

अपहरणकर्ता हुसेनले ती बालिकाको उमेर १९ वर्ष रहेको दाबी गरेपनि विद्यालयको दस्तावेजमा भने उनको उमेर केबल १४ वर्ष रहेको जनाइएको छ ।

पाकिस्तानमा पछिल्लो समय हिन्दू, इसाई तथा अन्य धार्मिक अल्पसङ्ख्यकलाई जबरजस्ती धर्म परिवर्तन गराउने क्रम बढ्दै गएको बताइएको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १० : ०४ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ