पर्यटन प्रवर्द्धन गर्न हेटौँडामा फोटो प्रदर्शनी « Khabarhub

पर्यटन प्रवर्द्धन गर्न हेटौँडामा फोटो प्रदर्शनी


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

मकवानपुर । थाहा नगरको पर्यटन प्रवर्द्धन गर्नका लागि हेटौँडामा फोटो प्रदर्शनी आयोजना गरिएको छ । उत्तरी मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकामा पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेशको राजधानीमा फोटो प्रदर्शनी गरिएको हो ।

शुक्रबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले प्रदर्शनीको उद्घाटन गरे । प्रदर्शनीको उद्घाटन गर्दै नगरप्रमुख लामाले प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

बागमती प्रदेश सरकारले सुरु गरेको भ्रमण वर्ष २०२४ लाई पनि प्रदर्शनीले सघाउ पुग्ने उनले बताए । जिल्लाको पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनका लागि १० वटै स्थानीय तह एकजुट हुन जरुरी रहेको उनको भनाइ छ । हेटौँडा उपमहानगरपालिकाले पनि छिट्टै पर्यटन प्रवर्द्धनका लागि विभिन्न प्रदर्शनी आयोजना गर्ने तयारी गरिएको उनले बताए।

प्रदर्शनीमा थाहा नगरको पर्यटकीय क्षेत्र, प्राकृतिक, धार्मिकस्थल, सभ्यता, संस्कृति र जीवनशैली समेटिएका ६० वटा फोटो राखिएको छ । शनिबारसम्म चल्ने प्रदर्शनीमा पाँच हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १० : १६ बजे

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु 

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस

लोकतन्त्र पुनः स्थापनाका लागि अग्रगामी मोर्चा बनाएका हौं : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत

वाशिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड

राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक

चालक तथा सहचालकको सुरक्षाका लागि कडा कानून बनाउन माग

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटना