पर्यटन प्रवर्द्धन गर्न हेटौँडामा फोटो प्रदर्शनी | Khabarhub Khabarhub

पर्यटन प्रवर्द्धन गर्न हेटौँडामा फोटो प्रदर्शनी


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

मकवानपुर । थाहा नगरको पर्यटन प्रवर्द्धन गर्नका लागि हेटौँडामा फोटो प्रदर्शनी आयोजना गरिएको छ । उत्तरी मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकामा पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेशको राजधानीमा फोटो प्रदर्शनी गरिएको हो ।

शुक्रबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले प्रदर्शनीको उद्घाटन गरे । प्रदर्शनीको उद्घाटन गर्दै नगरप्रमुख लामाले प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

बागमती प्रदेश सरकारले सुरु गरेको भ्रमण वर्ष २०२४ लाई पनि प्रदर्शनीले सघाउ पुग्ने उनले बताए । जिल्लाको पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनका लागि १० वटै स्थानीय तह एकजुट हुन जरुरी रहेको उनको भनाइ छ । हेटौँडा उपमहानगरपालिकाले पनि छिट्टै पर्यटन प्रवर्द्धनका लागि विभिन्न प्रदर्शनी आयोजना गर्ने तयारी गरिएको उनले बताए।

प्रदर्शनीमा थाहा नगरको पर्यटकीय क्षेत्र, प्राकृतिक, धार्मिकस्थल, सभ्यता, संस्कृति र जीवनशैली समेटिएका ६० वटा फोटो राखिएको छ । शनिबारसम्म चल्ने प्रदर्शनीमा पाँच हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १० : १६ बजे

नहरमा डुबेर कैलालीका एक युवक बेपत्ता

धनगढी– नहरमा डुबेर कैलालीमा एक युवक बेपत्ता भएका छन् ।

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर– कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका

कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा

कतारको रोजगारी हापेका रेयर राईको अभिनय यात्रा

काठमाडौं- जस्तोसुकै गरीब परिवारमा जन्मे पनि निरन्तर संघर्ष र साधना