अपर तामाकोशीको लिलामी सेयर नपरेकाको पैसा आजबाट फिर्ता « Khabarhub

अपर तामाकोशीको लिलामी सेयर नपरेकाको पैसा आजबाट फिर्ता


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अपर तामाकोशी हाइड्रोपावर कम्पनीको लिलामी सेयर बाँडफाँडपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ । यस लिलामीमा ३० हजारभन्दा बढीले आवेदन दिएका थिए ।

आजदेखि लिलामीमा सेयर भर्दा नपरेको रकम फिर्ता हुँदै जानेछ।  बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैँक खातामा नै क्लियरिङ हाउसको कनेक्ट आइपीएस मार्फत रकम फिर्ता पाउनेछन्। अपर तामाकोशीको लिलामी सेयर भर्दा अर्बौँ रकम जम्मा भएको छ।

यसैगरी, यसको कट अफ प्राइस १४७ रुपैयाँ आएको छ। यस हाइड्रोपावरले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो।

जसमध्ये सर्वसाधारण समूहलाई छुट्याइएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो।

सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो। यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका हुन्।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १० : १९ बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका

कलाकार नारद खतिवडा गठी अरोपमा पक्राउ, ७२ लाखको डिल

काठमाडौं – हाँस्य कलाकार नारद खतिवडा ठगीको आरोपमा पक्राउ परेका

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौं- श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले दिएका

हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय

ब्राउनाउ आम इन (अस्ट्रिया)- नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम

हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी

मनिला– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम