सरकारको अनुदान : काभ्रेमा खरको छानो हटाएर जस्तापाता « Khabarhub

सरकारको अनुदान : काभ्रेमा खरको छानो हटाएर जस्तापाता


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको दुर्गम मानिएका तीन गाउँपालिकामा सरकारको विशेष अनुदानमा स्थानीय घरका खरको छानो हटाएर जस्तापाता हालिने भएको छ ।

उक्त अनुदानबाट जिल्लाको तेमाल, खानीखोला र चौरीदेउराली गाउँपालिकामा रहेका खरको छानो भएका बाँकी करिब दुई सय घरमा जस्तापाताले छाउन लागिएको जनाइएको छ ।

सरकारको ‘सुरक्षित नागरिक आवास कार्यक्रम’अन्तर्गत चालु आर्थिक वर्षमा काभ्रेपलाञ्चोकको तीन स्थानीय तहमा रहेका खरका छानो हटाएर जस्तापाताको छानो हालिने जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयले जनाएको छ ।

कार्यक्रमअन्तर्गत यस वर्ष जिल्लाको तेमाल गाउँपालिकामा ८७ घरधुरी, खानीखोला गाउँपालिकाका ५७ र चौरीदेउराली गाउँपालिकाका ५२ घरधुरीमा रहेको खरको छानो हटाइने कार्यालयका प्रमुख इन्जिनियर सन्तोषकुमार निरौलाले जानकारी दिए ।

उनका अनुसार कार्यालयको कार्यक्षेत्रअन्तर्गत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेका स्थानीय तहलाई पत्राचार गरी आफ्नो तहमा रहेका खरको छानो भएका घरधुरीको तथ्याङ्क माग गरिएको थियो । तथ्याङ्क मागिएका अन्य दुई जिल्लाबाट उक्त विवरण आएन ।

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये तीन गाउँपालिकाबाट मात्रै खरको छानो भएको घर परिवारको तथ्याङ्क प्राप्त भएअनुसार खरको छानो भएका बाँकी घरमा जस्तापाताले छाउन लागिएको हो ।

सरकारको विशेष अनुदानअन्तर्गत खरको छानो भएका घरधनीले जस्तापाताको छानो हालेबापत ६० हजार नगद उपलब्ध गराइने छ ।

सङ्कलित तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकमा खरको छानो हटाउन हाल एक करोड १७ लाख ६० हजार बजेट निकासा भएको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १२ : ०९ बजे

स्थानीय तहको विकासका लागि योग्य नेतृत्व आवश्यक : रास्वपा प्रवक्ता खरेल    

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले स्थानीय

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

काठमाडौं– विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत