‘गोर्खा वारियर’ लाई मेयर हर्क साम्पाङको साथ « Khabarhub

‘गोर्खा वारियर’ लाई मेयर हर्क साम्पाङको साथ


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली चलचित्रको स्तरीयता र महत्व दर्शाउन सफल भएको चलचित्र ‘गोर्खा वारियर’ लाई धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले साथ दिएका छन् ।

 पहिलोपटक ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलो चरणमा प्रवेश पाएको चलचित्रमा गोर्खालीको वीरताको गाथा समेटिएको छ । सोही कारण मेयर राईले यसको महत्वलाई बुझ्न भिडियोमार्फत आग्रह गरेका छन् ।

उनले आफूलाई कला र साहित्यलाई माया गर्ने व्यक्तिको रुपमा परिचय गराउँदै ‘गोर्खा वारियर’ ले ब्रिटिस गोर्खामा रहेर युद्ध लडेका बहादुर नेपालीको कथा चित्रण गर्ने बताए । 

‘यो चलचित्र अत्यन्त राम्रो बनेको छ भन्ने सुनेको छु । वीर गोर्खालीको गाथा र इतिहास बुझनका लागि यो चलचित्रलाई हेर्न म आग्रह गर्न चाहन्छु । म पनि समय मिलाएर हेर्दैछु, उनले भने ।

उनले नेपालमा अन्य विविध विषयमा चलचित्र बने पनि गोर्खालीको विषयमा पहिलोपटक बनेकाले निर्माण टिमलाई धन्यवाद दिए । मेयर राईले नेपाली चलचित्र प्रति देखाएको मायाले आफूसहित सम्पूर्ण टिमलाई हौसला मिलेको निर्माता तथा निर्देशक मिलन चाम्सले बताए ।

सिनेवर्ल्डमा प्रिमियर हुनु, बेलायतका प्रधानमन्त्री ऋषी सुनकले शुभकामना संदेश पठाउनु, प्रिमियरमा व्रिटिश गोर्खाका उच्चस्तरीय सैनिक उपस्थित हुनु लगायतले यो चलचित्र नेपाल भन्दा विदेशमा बढी चर्चित छ । गोर्खालीको वीरताको कथा भएकोले पनि विश्वका मिडियाले यसलाई प्राथमिकता दिएर खबर सम्प्रेषण गरिरहेका छन् ।

विदेशी चलचित्र उद्योगमा वीरताको कथा प्रस्तुत गरिएको धेरै भएता पनि नेपालमा भने बल्ल सुरू हुँदैछ । मिलनले चलचित्रलाई वास्तविक युद्धको शैलीमा निर्माण गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १२ : ४३ बजे

सिन्डिकेटको सटरमा जनताको ताल्चा !

केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालले पेट्रोल पम्प

रास्वपाका रविन महतो : जसले सर्लाही–२ मा मधेशका भेट्रान नेताहरूलाई घुँडा टेकाए

सर्लाही- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र

प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजान्छ : उपसभापति डा. वाग्ले

दमौली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र

चुनाव लडेका तीन पूर्व प्रधानमन्त्रीमध्ये प्रचण्ड मात्रै पुगे सदन

काठमाडौं- हालै सम्पन्न निर्वाचनमा चुनाव लडेका तीनजना प्रधानमन्त्रीमध्ये पुष्पकमल दाहाल

स्याङ्जा–२ मा कांग्रेसका भागवतप्रकाश मल्लको अग्रता कायम

स्याङ्जा– स्याङ्जा क्षेत्र नम्बर २ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार