शेखरलाई कार्यकर्ताको प्रश्न- हाम्रै साथी काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउँने? | Khabarhub Khabarhub

शेखरलाई कार्यकर्ताको प्रश्न- हाम्रै साथी काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउँने?


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समुदायमा कांग्रेस अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालासामु विभिन्न तहका कार्यकर्ताहरूले गुनासै-गुनासाका पोका थुपारेका छन् ।

सोमबार बिहान दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने अधिकांशले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको, नेतृत्वमा नैतिकताको खडेरी परेको, पार्टी बिचार शून्य भएको भन्दै अब माओवादी बोकेर हिंड्न नसक्ने चेतावनी दिए ।

‘हाम्रै साथी मार्नेसँग कसरी सँगै हिँड्ने ? कांग्रेसका साथीहरू काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउने ?- एक सहभागीले आक्रोशित मुद्रामा प्रश्न गरिन्।

सहभागीहरूले एकै व्यक्ति धेरै समय नेतृत्वमा रहँदा पार्टीका गतिविधि चुस्त नभएको, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले पार्टीको घोषणापत्र अनुसार काम नगरेको जस्ता गुनासाहरू राखेका थिए ।

भ्रष्टाचारी, माफियासँग टाढै बस्न समेत उनीहरूले नेताहरूलाई सुझाव दिए ।

सबैको कुरा सुनेर जवाफ दिने क्रममा नेता कोइरालाले गठबन्धनका बारेमा उठेका सवालमा पार्टी भित्र छलफल हुने र अबको कुनैपनि निर्वाचनमा कसैसँग गठबन्धन नहुने ठोकुवा गरे।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  २ : ५५ बजे

नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय

लहान– गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं– आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य

कञ्चनपुरमा मृत भेटिए दम्पती

कञ्चनपुर – लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन, ८ वटाले गरे किस्ताबन्दीमा बिल बुझाउने सम्झौता

काठमाडौं –  नेपाल विद्युत प्राधिकरणले शुक्रबार बिहानसम्म ३४ उद्योगको लाइन

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं– सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय