आजका समाचार : हिउँदे अधिवेशनदेखि रविविरुद्ध उजुरीसम्म | Khabarhub Khabarhub

आजका समाचार : हिउँदे अधिवेशनदेखि रविविरुद्ध उजुरीसम्म


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा प्रतिनिधिसभा बैठक सकियो, अर्को बैठक माघ २४ गते बस्ने, प्रतिनिधिसभामा अध्यादेश र बाध अड्काउ फुकाउ आदेश पेस मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्न माओवादी सांसदलाई प्रचण्डको निर्देशन संसद्मा सशक्त भूमिका निर्वाह गर्न एमालेको निर्देशन विमानस्थल प्रहरी प्रमुख चन्दले लिए राजीनामा फिर्ता रवि लामिछानेविरुद्ध कास्की प्रहरीमा उजुरी अरुण चौधरीसहित तीन जनालाई दुई दिन थुनामा राख्न अदालतको अनुमति भारी हिमपात र आँधीपछि क्यालिफोर्नियामा आपतकाल घोषणालगायत रहनेछन् । 

प्रतिनिधिसभा बैठक सकियो, अर्को बैठक माघ २४ गते बस्ने
प्रतिनिधिसभाको बैठक सकिएको छ । हिउँदे अधिवेशनको रुपमा आजबाट सुरु भएको प्रतिनिधिसभा बैठक माघ २४ गते बस्ने गरी स्थगित भएको हो ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएका पत्र पढेर सुनाएका थिए । त्यस्तै बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गरेका छन् ।

प्रतिनिधिसभामा अध्यादेश र बाध अड्काउ फुकाउ आदेश पेस

संसदीय गतिविधिलाई प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी : सभामुख घिमिरे

प्रतिनिधिसभाको क्यालेन्डर स्वीकृत,सांसदको विद्युतीय हाजिरी सुरु

सदनलाई सत्ता टिकाउने माध्यम बनाए हामी खबरदारी गर्छौँ : रवि लामिछाने

मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान

सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्न माओवादी सांसदलाई प्रचण्डको निर्देशन
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको नीति एवं सरकारले गरेका राम्रा कामबारे संसदमा दरिलोरूपमा प्रस्तुत गर्न निर्देशन दिए ।


प्रधानमन्त्री दाहालले वर्तमान व्यवस्था विरोधीहरुविरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुन समेत निर्देशन दिए ।

संसद्मा सशक्त भूमिका निर्वाह गर्न एमालेको निर्देशन

कांग्रेस महासमिति बैठकको तयारी तीव्र

सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय टुङ्गो लगाउनुपर्छ : ओली

‘एमाले मुलुकको समृद्धि र विभेदरहित समाजका लागि लड्छ’

छलफलको निचोडका आधारमा विधेयक प्रस्तुत गर्नुपर्छ : मन्त्री शर्मा

आर्थिक परिवर्तनको मेरुदण्ड शिक्षा हो : अर्थमन्त्री

विमानस्थल प्रहरी प्रमुख चन्दले लिए राजीनामा फिर्ता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक ९डीआईजी० अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन् ।

चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता लिएर गएका हुन् ।


व्यक्तिगत कारणले भन्दै चन्दले शनिबार राजीनामा दिएका थिए । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको सचिवालयबाट उक्त राजीनामा पत्र मानव स्रोत विभागमा पुगेको थियो ।

चन्दले राजीनामा दिएपछि प्रहरी महानिरीक्षक कुँवरले उनलाई छलफलका लागि बोलाएका थिए । छलफलपछि उनले राजीनामा फिर्ता लिएका हुन् ।

अरुण चौधरीसहित तीन जनालाई दुई दिन थुनामा राख्न अदालतको अनुमति

रवि लामिछानेविरुद्ध कास्की प्रहरीमा उजुरी

आरती साहको न्याय माग्दै प्रदर्शन गर्ने आफन्त पक्राउ

लुम्बिनी प्रदेश सभा बैठक फागुन १८ गते आह्वान
लुम्बिनी प्रदेश सभाको हिउँदे आधिवेशन फागुन १८ गते शुक्रबार आह्वान गरिएको छ।

संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) अनुसार मन्त्रिपरिषद्को निर्णयसहित मुख्यमन्त्रीबाट प्रदेश प्रमुखलाई गरिएको सिफारिस अनुसार प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गरेका हुन्।


नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० फागुन १८ गते दिउसो ३ बजे प्रदेश सभाको बैठक प्रदेश सभा भवन राप्ती उपत्यका देउखुरीमा प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

विपक्षी दलद्वारा मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण

एनआइसियुका लागि छुट्याइएको बजेट अपुग

गण्डकीको बीउबिजन विधेयक समितिद्वारा पारित

दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

पाकिस्तानको प्रहरी चौकी आक्रमणमा १० सुरक्षाकर्मीको मृत्यु
उत्तरी पाकिस्तानको एक प्रहरी चौकीमा सोमबार बिहान दर्जनौं लडाकूले आक्रमण गर्दा कम्तीमा १० जना सुरक्षा अधिकारीको मृत्यु भएको वरिष्ठ प्रहरी कमान्डरले बताएका छन् ।

पाकिस्तानमा आम चुनावमा मतदान हुनुभन्दा केही दिनअघि नै उम्मेदवार र पार्टीका समर्थकमाथि दर्जनौं आक्रमण भइसकेका छन् ।


‘चौकीमा ३० भन्दा बढी आक्रमणकारीले तीन दिशाबाट हमला गरेका थिए । खैबर पख्तुनख्वा प्रान्तका प्रहरी प्रमुख अख्तर हयात गण्डापुरले भने, ‘साढे दुई घण्टाभन्दा बढी सशस्त्र झडप भएको उक्त घटनामा कम्तीमा १० सुरक्षाकर्मी मारिएका छन् ।’

भारी हिमपात र आँधीपछि क्यालिफोर्नियामा आपतकाल घोषणा

भारतमा सडक दुर्घटनामा परी पाँच जनाको मृत्यु

बङ्गलादेशको निर्यात ११.४५ प्रतिशतले बढ्यो

म्यान्माको सीमा क्षेत्रमा भएको झडपमा बङ्गलादेशमा दुईको मृत्यु

इजरायली आक्रमण रोक्न प्यालेस्टिनी राष्ट्रपतिको आग्रह

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ८ : ०० बजे

नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय

लहान– गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं– आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य

कञ्चनपुरमा मृत भेटिए दम्पती

कञ्चनपुर – लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन, ८ वटाले गरे किस्ताबन्दीमा बिल बुझाउने सम्झौता

काठमाडौं –  नेपाल विद्युत प्राधिकरणले शुक्रबार बिहानसम्म ३४ उद्योगको लाइन

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं– सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय