निर्वाचन प्रणाली सुधार गर्नुपर्छ : शेखर कोइराला « Khabarhub

निर्वाचन प्रणाली सुधार गर्नुपर्छ : शेखर कोइराला


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधान संशोधन गरेर भए पनि निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्ने बताएका छन् । संविधानमा उल्लिखित निर्वाचनसम्बन्धी व्यवस्थामा संशोधन गर्नुपर्ने उनले बताए ।

कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस अभियानअन्तर्गत आज झापाको दमकमा आयोजित सुझाव सङ्कलन तथा अगुवा कार्यकर्ताहरुसँगको अन्तरक्रियामा डा कोइरालाले आरक्षित समुदायका बीचमा मात्रै चुनावी प्रतिस्पर्धा हुने गरी व्यवस्था मिलाउन आफ्नो पार्टीले नीतिगत पहल गर्ने बताए ।

उनले भने, “अब आरक्षित समुदायका लागि टिकट मात्रै होइन सिटनै सुरक्षित गर्नुपर्छ । महिला–महिला, दलित–दलितमा र जनजाति–जनजातिका बीचमा प्रतिस्पर्धा हुने गरी संविधानमा नै व्यवस्था गर्नुपर्छ ।”

नेता कोइरालाले समानुपातिक प्रणालीबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने र प्रतिनिधिसभामा भने प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

अन्तरक्रियामा झापाको माईपश्चिम भूगोल दमक, कमल, गौरादह र शिवसताक्षी नगरपालिकाका २३ जना अगुवा नेता–कार्यकर्ताले नेता कोइरालासमक्ष सुझावहरु राखेका थिए । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्ला तहबाट पार्टीले सञ्चालन गरिरहेका कार्यक्रमहरुका बारेमा जानकारी दिएका थिए।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १० : १५ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि