ठूलो रकम अफर गर्दा पनि बिहेमा प्रस्तुति दिन अस्वीकार गरेकी थिइन् ‘लता’ले  « Khabarhub

ठूलो रकम अफर गर्दा पनि बिहेमा प्रस्तुति दिन अस्वीकार गरेकी थिइन् ‘लता’ले 


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले बलिउड कलाकारहरु भारतका धनाड्य मुकेश अम्बानीका कान्छा छोरा अनन्तको बिहेमा व्यस्त छन् । सामाजिक सन्जालमा अनन्तको बिहेको चर्चा चुलिदो छ । 

बलिउडका सबै तहका कलाकार अनन्तको बिहेका विभिन्न कार्यक्रममा उपस्थित छन् । गायक-गायिका सांगितक प्रस्तुति दिन आमन्त्रित छन् भने नायक-नायिकाहरु ठुम्का लगाइरहेको भिडियो विवाह समारोहबाट सार्वजनिक भएको छ । 

बलिउडका तीन नायक शाहरुख खान, सलमान खान र आमिर खान एक साथ नाचेको तस्बिर बाहिरिएको छ । तीन नायक एक साथ विरलै भेटिन्छन् । अम्बानीको धनकै कारण यसरी तीन नायकलाई एकै साथ विवाहको समारोहमा देखिन सम्भव भएको धेरैको बुझाइ छ ।

यसरी राष्ट्रका गहना मानिने कलाकार केही व्यक्तिको विवाहमा गएर प्रस्तुति दिनुलाई राम्रो नमान्नेहरुको संख्या पनि बाक्लो छ । धेरैले भने सो विषय कलाकारको व्यक्तिगत चाहाना भएको तर्क गर्छन् । 

नायिका कंगना कलाकार निजी पार्टीका कार्यक्रममा प्रस्तुतिका लागि सहभागी हुनु हुँदैन भन्ने तर्क राख्छिन् । 

यसरी कलाकार बिहेको कार्यक्रममा व्यस्त भइरहेको समयमा आशा भोस्लेको एक अन्तर्वार्ता चर्चामा आएको छ । जसमा आशाले स्वर्गीय गायिका लता मंगेशकरले ठूलो रकम दिँदा पनि विवाहमा सांगीतिक प्रस्तुति नदिएको खुलासा गरेकी छन् । 

भोस्लेले भनेकी छन्, ‘लता दिदीलाई विवाहमा गाउन लाखौं डलरको अफर आएको थियो तर उहाँले त्यो प्रस्ताव अस्वीकार गर्नुभयो ।’ लतालाई बिहेमा प्रस्तुति दिन मन नलागेका कारण सो प्रस्ताव अस्वीकार गरेको उनको भनाइ छ । 

आशा भोस्ले भन्छिन्, ‘दिदी मात्र होइन, मलाई पनि बिहेमा गाउन मन लाग्दैन। एकपटक एकजना भाइले हामी दुवै दिदीबहिनीलाई उनको विवाहमा निम्तो दिएका थिए । उहाँले मलाई दुई घण्टा मात्र आउन भन्नुभयो, तर म र मेरी बहिनी दुवैले अस्वीकार गरेका थियौं। उनीहरूले हामीलाई करोडौं रुपैयाँ अफर गरेका थिए ।’

यससँगै आशाले अहिलेका कलाकारहरूको बिहेमा प्रस्तुति गर्ने चलनका बारेमा पनि चर्चा गरेकी छिन् । उनले कलाकारले यसरी प्रस्तुति दिन चलन आफूलाई मन नपर्ने बताएकी छिन् । 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ७ : ५८ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई