ठूलो रकम अफर गर्दा पनि बिहेमा प्रस्तुति दिन अस्वीकार गरेकी थिइन् ‘लता’ले  « Khabarhub

ठूलो रकम अफर गर्दा पनि बिहेमा प्रस्तुति दिन अस्वीकार गरेकी थिइन् ‘लता’ले 


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले बलिउड कलाकारहरु भारतका धनाड्य मुकेश अम्बानीका कान्छा छोरा अनन्तको बिहेमा व्यस्त छन् । सामाजिक सन्जालमा अनन्तको बिहेको चर्चा चुलिदो छ । 

बलिउडका सबै तहका कलाकार अनन्तको बिहेका विभिन्न कार्यक्रममा उपस्थित छन् । गायक-गायिका सांगितक प्रस्तुति दिन आमन्त्रित छन् भने नायक-नायिकाहरु ठुम्का लगाइरहेको भिडियो विवाह समारोहबाट सार्वजनिक भएको छ । 

बलिउडका तीन नायक शाहरुख खान, सलमान खान र आमिर खान एक साथ नाचेको तस्बिर बाहिरिएको छ । तीन नायक एक साथ विरलै भेटिन्छन् । अम्बानीको धनकै कारण यसरी तीन नायकलाई एकै साथ विवाहको समारोहमा देखिन सम्भव भएको धेरैको बुझाइ छ ।

यसरी राष्ट्रका गहना मानिने कलाकार केही व्यक्तिको विवाहमा गएर प्रस्तुति दिनुलाई राम्रो नमान्नेहरुको संख्या पनि बाक्लो छ । धेरैले भने सो विषय कलाकारको व्यक्तिगत चाहाना भएको तर्क गर्छन् । 

नायिका कंगना कलाकार निजी पार्टीका कार्यक्रममा प्रस्तुतिका लागि सहभागी हुनु हुँदैन भन्ने तर्क राख्छिन् । 

यसरी कलाकार बिहेको कार्यक्रममा व्यस्त भइरहेको समयमा आशा भोस्लेको एक अन्तर्वार्ता चर्चामा आएको छ । जसमा आशाले स्वर्गीय गायिका लता मंगेशकरले ठूलो रकम दिँदा पनि विवाहमा सांगीतिक प्रस्तुति नदिएको खुलासा गरेकी छन् । 

भोस्लेले भनेकी छन्, ‘लता दिदीलाई विवाहमा गाउन लाखौं डलरको अफर आएको थियो तर उहाँले त्यो प्रस्ताव अस्वीकार गर्नुभयो ।’ लतालाई बिहेमा प्रस्तुति दिन मन नलागेका कारण सो प्रस्ताव अस्वीकार गरेको उनको भनाइ छ । 

आशा भोस्ले भन्छिन्, ‘दिदी मात्र होइन, मलाई पनि बिहेमा गाउन मन लाग्दैन। एकपटक एकजना भाइले हामी दुवै दिदीबहिनीलाई उनको विवाहमा निम्तो दिएका थिए । उहाँले मलाई दुई घण्टा मात्र आउन भन्नुभयो, तर म र मेरी बहिनी दुवैले अस्वीकार गरेका थियौं। उनीहरूले हामीलाई करोडौं रुपैयाँ अफर गरेका थिए ।’

यससँगै आशाले अहिलेका कलाकारहरूको बिहेमा प्रस्तुति गर्ने चलनका बारेमा पनि चर्चा गरेकी छिन् । उनले कलाकारले यसरी प्रस्तुति दिन चलन आफूलाई मन नपर्ने बताएकी छिन् । 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ७ : ५८ बजे

राजीनामाको दबाबबीच रविलाई भेट्न बूढानीलकण्ठमा गृहमन्त्री सुधन

काठमाडौं- एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ

उपराष्ट्रपति भान्स बुधबार मात्रै इस्लामावाद पुग्ने, इरानी सहभागिता अझै अनिश्चित

काठमाडौं- इरानसँग दोस्रो चरणको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी

पहाडकी रानी बन्दीपुर पर्यटनको आकर्षक गन्तव्य

गण्डकी– प्राचीन समयमा व्यापारिक नाकाका रुपमा पहिचान बनाएको बन्दीपुर अहिले

सरकारलाई हर्कको सुझाव- विद्यार्थीलाई सातामा ३ दिन किताब र ४ दिन श्रम सिकाऔँ

काठमाडौं–  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे

लक्सनले जोगाए नेतृत्व, चुनौती अझै कायम

एजेन्सी– लगातार घट्दो जनसमर्थन र पार्टीभित्र बढ्दो असन्तुष्टिबीच न्युजिल्यान्डका प्रधानमन्त्री