राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा हो : मुख्यमन्त्री शर्मा « Khabarhub

राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा हो : मुख्यमन्त्री शर्मा


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा भएको बताएका छन् । 

द्धिपेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्था चौकुने गाउँपालिका–९ सुर्खेतद्वारा आज आयोजित ‘द्धिपेश्वर धार्मिक पर्यटन, ज्ञान महायज्ञ एवं धार्मिक महामहोत्सव’ शुभारम्भ गर्दै उनले राजनीति र धर्म फरक देखिए पनि मर्म एउटै रहेको बताए। 

धार्मिक र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना रहेको कर्णाली प्रदेशमा आन्तरिक र बाह्य पर्यटक आकर्षणका लागि आवश्यक पूर्वाधार निर्माणलाई जोड दिएको बताउँदै मुख्यमन्त्री शर्माले भने, ‘कैलाश मानसरोवरलाई गन्तव्य बगाउनेगरी सर्किट तयार  गर्नुपर्छ । कर्णाली प्रदेशका विभिन्न धार्मिक र प्राकृतिक पर्यटकीयस्थल हाम्रा सम्पदा हुन् । पर्यटन समृद्धिको माध्यम हो ।’ मानिसलाई आर्थिक सम्पन्नताले सुख र सामाजिक न्यायले खुसी तुल्याउने भएकाले त्यो अवस्था निर्माणमा सरकार लागेको उनको भनाइ थियो । 

फरक प्रसङ्गमा उनले भने, ‘सरकार फेरबदल भइरहने प्रणालीबारे समयमै सोचेर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र पूर्णसमानुपातिक निर्वाचन प्रणाली अवलम्बन हुनसकेमात्र राजनीतिक स्थिरता कायम हुन्छ । अब दलहरूको बहस यता केन्द्रित हुन जरुरी छ ।’

महायज्ञमा सांसद हृदयराम थानी, सांसद नरबहादुर विष्ट, कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टलगायतले मानव जीवनलाई अनुशासित र नैतिक मूल्य, मान्यताका बारेमा ज्ञान दिने कार्यक्रमले समाजलाई सभ्य एवं सुसंस्कृत बनाउने धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १० : ११ बजे

काँकडभिट्टाबाट एक वर्षमा साढे २४ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७

एक हजार ३३ केजी गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ– मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४

‘आधा जिन्दगी’ गीतको पूर्ण जीवनदर्शन

एस्पी कोइराला नेपाली सुगम सङ्गीत तथा गीति-साहित्यको क्षेत्रमा एक परिचित

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौँ– नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका सम्पन्न

‘निम्स दाइको साहस अमर रहनेछ’

काठमाडौँ – पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो