म्याग्दे गाउँपालिकामा घुम्ती शिविर सञ्चालन | Khabarhub Khabarhub

म्याग्दे गाउँपालिकामा घुम्ती शिविर सञ्चालन


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको म्याग्दे गाउँपालिकाले सबै सेवा एकै ठाउँबाट दिन घुम्ती शिविर सुरुआत गरेको छ । जनतालाई सहजरूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले सोमबारदेखि एकीकृत घुम्ती शिविर आयोजना गरेको हो ।

वडाबाटै सेवा प्रदान गर्दा सेवाग्राहीलाई सहज हुने र समयको बचत हुने भएकाले वडा नं ३ बाट घुम्ती शिविर सुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले  जानकारी दिए । सिहंदरबरको अधिकार गाउँगाउँमा भन्ने नारालाई प्रत्याभूत गर्न घरआँगनबाटै सेवा प्रदान गरिएको श्रेष्ठको भनाइ छ । 

उनले भने, ‘गाउँपालिकाको कार्यालयमै आएर लिनुपर्ने सेवालाई जनताको घरदैलोमा पुर्याउने उद्देश्य हो, यसले गर्दा सेवाग्राहीलाई एकदिन छुट्याएर गाउँपालिका आउनुपर्ने बाध्यताको अन्त्य हुन्छ । घरआँगनमै स्थानीय सरकार गएपछि जनतालाई स्थानीय सरकारको प्रत्याभूति गराउन सकिन्छ ।’

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले प्रत्येक आर्थिक वर्षमा गाउँपालिकाले वडास्तरमै पुगेर एकीकृत घुम्ती शिविर आयोजना गर्ने गरेको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सोमबार र मङ्गलबार वडा नं ३ मा घुम्ती शिविर हुनेछ । फागुन २३ र २४ गते वडा नं ४ मा, २७ र २९ गते वडा नं ५ मा, ३० र चैत १ गते वडा नं ६ मा, चैत २ र ४ गते वडा नं ७ मा, चैत ५ र ६ गते वडा नं १ मा र चैत ७ र ८ गते वडा नं २ मा एकीकृत घुम्ती शिविर हुनेछ । 

घुम्ती शिविरबाट विषयगत शाखाअन्तर्गतका योजना सम्झौता, सुझाव तथा परामर्श सेवा, स्वास्थ्य÷आर्युर्वेद शाखाअन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधि वितरण, क्षयरोग स्क्रिनिङ, मधुमेह, पोषण सेवा, भिआइए स्क्रिनिङ, कोभिडविरुद्धको खोप प्रदान गरिने अधिकारीले जानकारी दिए ।

कृषि शाखाअन्तर्गत हिउँदे बालीको बीउ वितरण, विषादी वितरण, फर्म दर्तासम्बन्धी आवश्यक कागजातको जानकारी, अनुदानसम्बन्धी जानकारी तथा माग संकलन, पशु सेवा शाखाअन्तर्गत गोबर परीक्षण एवं औषधि वितरण, प्रशासन शाखाअन्तर्गत व्यवसाय दर्ता तथा विभिन्न विषयमा जानकारी प्रदान गरिनेछ ।

पञ्जीकरण शाखाअन्तर्गत विभिन्न किसिमका घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी सेवा, महिला तथा बालबालिका शाखाअन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्र वितरण, घरनक्सा शाखाअन्तर्गत निःशुल्क घर नम्बरप्लेट वितरण गरिने जनाइएको छ ।

बीमाको प्रचारप्रसार

गाउँपालिकाले एकीकृत घुम्ती शिविरमार्फत बीमाको प्रचारप्रसार गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाले किसानलाई बीमाको महत्व बुझाउने उद्देश्यसहित घुम्ती शिविरबाट यसको प्रचारप्रसार गरेको हो । 

आकस्मिक रोगको क्षति न्यूनीकरण गर्न पशु वस्तुको बीमा गर्न किसानलाई प्रोत्साहन गरिने पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए । पशुवस्तुको बीमाका लागि किसानले बुझाउने रकम गाउँपालिकाको पशु सेवा शाखामार्फत पुनः किसानलाई प्रदान गरिने कार्यक्रम चालु आर्थिक वर्षमा रहेको उनको भनाइ छ । 

पशु सेवा शाखाले घाँसमा आधारित पशुपालनलाई समेत जोड दिएको छ । पशुपालनको ७० प्रतिशत लागत आहारामा खर्च हुने हुँदा मौसमअनुसारको जै, सुपर नेपियर, मकेचरी वर्षिमलगायतका घाँसखेती गरी घाँसमा आधारित पशुपालनबाट उत्पादन लागत घटाउँदै आम्दानी बढाउन किसानलाई अनुरोध गरिएको शाहले बताए। 

शिविरको पहिलो दिन एक हजार पशुवस्तुको स्वास्थ्य परीक्षण गरिएको छ । चार सय ४५ बाख्रा, चार सय ५६ कुखुरा, ४७ गाई, ३९ भैँसी, १० सुङ्गुर र नौ कुकुरको स्वास्थ्य परीक्षण गरिएको छ । त्यस्तै १७ बोकापाठाको बन्ध्याकरण गरिएको जनाइएको छ । 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १० : ३७ बजे

नवराज सुवेदीले चैत ४ मा भनेका थिए- राजा ल्याउन लागेँ, आजैदेखि राप्रपाको साधारण सदस्यसमेत रहन्न

काठमाडौं- राजावादी आन्दोलनको माहोल तातेपछि हौसिएका ८६ वर्षीय नवराज सुवेदीले

यस्ता छन्, राष्ट्रिय जनसङ्ख्या नीति २०८२ का १६ लक्ष्य

काठमाडौं– सरकारले १५ वर्षदेखि १९ वर्षमुनिका किशोरीको प्रजनन दर घटाउनेदेखि

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार आफ्नो देशविरुद्ध थप आक्रमण

प्रधानमन्त्रीले भने- स्पेनमा मान्छे छाडेर आयो भनेर झुट प्रचार गरियो

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

लम्कीचुहाँ– खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार