फेसबुकमा देखिएको समस्याबारे के भन्छन् मेटाका प्रवक्ता ? « Khabarhub

फेसबुकमा देखिएको समस्याबारे के भन्छन् मेटाका प्रवक्ता ?


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, ईन्स्टाग्राम अवरुद्ध भएको करिब एक घण्टापछि चल्न थालेका छन् । नेपाली समयअनुसार मंगलबार राति ९ देखि करिब एक घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राममा समस्या देखिएको थियो ।

एकाएक चल्दै गरेको फेसबुक लगआउट भएको थियो । यो समस्या विश्वभर नै देखिएको हो । यसबारे मेटाका प्रवक्ता एन्डी स्टोनले केही समयमा नै समस्या पूर्ण रुपमा समाधान हुने बताएका छन् ।

उनले लेखेका छन्, ‘प्रयोगकर्ताहरूलाई हाम्रा सेवाहरू प्रयोग गर्न समस्या भइरहेको छ। यसप्रति हामी सचेत छौं । अहिले यसमा काम गरिरहेका छौं । केही समयमा समस्या पूर्ण रुपमा समाधान हुने छ ।’

सामाजिक सञ्जाल एक्समार्फत उनले प्रयोगकर्ताहरुलाई धैर्य रहन आग्रह गरेका छन् । फेसबुक बन्द हुनुको कारण बारे भने स्टोनले कुनै जानकारी दिएका छैनन् ।

यसअघि पनि सन् २०२१ मा ब्याकबोन राउटरहरूमा कन्फिगरेसन परिवर्तन हुँदा फेसबुक, इन्स्टाग्राम ६ घण्टाभन्दा बढी समय बन्द भएका थिए ।

याे पनि…

फेसबुकमा समस्या, चलिरहेका प्रोफाइल अचानक ‘लगआउट’

चल्न थाल्यो फेसबुक

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ११ : २१ बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ