आज २०८० साल चैत २३ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल चैत २३ गते शुक्रबारको राशिफल


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत २३ गते शुक्रबार तदनुसार सन् २०२४ अप्रिल ५ तारिख। चैत कृष्ण पक्षको एकादशी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : अवसरले तपाईंलाई खोज्ने दिन छ। लगानी गरेका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक रोजगारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

वृष : नयाँ सवारी साधन जोड्ने दिन छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले भोज र भतेरमा ख्याल गर्नुपर्छ। परिवारको सहयोग मिल्नेछ।

मिथुन : लामो समयदेखि गुमेको धन हात लाग्नेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा जोखिम देखिन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक कार्यमा मन जानेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : सचेत भएर काम गर्नुपर्ने दिन छ। कुरा काट्नेहरु सक्रिय छन्। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग सकारात्मक रहनेछ।

सिंह : नयाँ कामको सुरुवात हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। परोपकारको अवसर मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ राम्रो रहनेछ।

कन्या : साथीले सहयोग गर्नेछन्। कर्म क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। गुरुको साथ रहनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : मेहनतको फल प्राप्त हुने योग छ। आफूखुशी शिक्षामा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ। वैदेशिक लगानीबाट नाफा हुनेछ। पारिवारिक साथ र सहयोग मिल्नेछ। रोगको चपेटामा पर्ने योग रहेकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

वृश्चिक : यात्रामा सामान हराउने जोखिम हुनसक्छ। दाजुभाइ र इष्टमित्र भन्दा अन्य साथीले सहयोग गर्नेछन्। लगानीका क्षेत्रमा विवाद हुने भएकाले ठुलो खर्च नगर्नु राम्रो हुन्छ।

धनु : आर्थिक क्षेत्रमा सफलता मिल्नेछ। लगानी गर्ने दिन आएको छ। स्वदेशमा रोजगारीको सम्भावना देखिन्छ। पारिवारको साथ, सहयोग र स्नेह राम्रो हुनेछ।

मकर : मन मिल्ने साथीको सुझाव मान्नु राम्रो हुन्छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। रोकिएको काम बन्नेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : व्यापार व्यवसायमा फाइदा हुनेछ। थोरै बोलेर जित्ने काम गर्नुपर्ने देखिन्छ। यात्रा सफल हुनेछ। मेहनतको फल खाने दिन छ।

मीन : अभिभावकको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुन्छ। खर्च बढ्ने दिन छ। साथीले सहयोग गर्नेछन्। सामाजिक क्षेत्रमा सम्मान होला। परिवारको साथ र सहयोग रहने योग छ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ५ : २१ बजे

अपराध अनुसन्धान प्रविधिमैत्री हुनुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी

छोरा गुमाएको ६ महिनापछि बुवाको रहस्यमय मृत्यु, धनगढीको जंगलमा भेटियो दुई जनाको शव 

धनगढी– कैलालीको धनगढीमा दुई जना मृत फेला परेका छन् । आइतबार

वर्षाले पखाल्न सकेन काठमाडौंको धूलो (तस्बिरहरू)

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शुक्रबार र शनिबार

काठमाडौं उपत्यकाको वायु प्रदूषण केही घट्यो

काठमाडौं-काठमाडौं उपत्यकामा आइतबार वायु प्रदूषण घटेको छ । उपत्यकाका शंखपार्क,

युवाको चौतर्फी विकासमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासमा हरसम्भव