वीरगञ्जमा रात्रि बजार सञ्चालन गरिँदै | Khabarhub Khabarhub

वीरगञ्जमा रात्रि बजार सञ्चालन गरिँदै


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ । 

वीरगञ्ज महानगरपालिका कार्यालयले यही चैत २९ देखि २०८१ वैशाख १ गते मध्यरातसम्म ‘रात्रि बजार’ सञ्चालनको तयारी गरिरहेको छ । आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म  ‘रात्रि बजार’ सञ्चालन हुनेछ । अहिले सजावटदेखि स्टल बुकिङलगायत काम धमाधम भइरहेको छ । 

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, नेपाल युवा उद्यमी मञ्च वीरगञ्ज, वीरगञ्ज साइक्लिङ क्लबलगायत संस्थासँगको सहकार्यमा रात्रि बजार सञ्चालन हुन लागेको हो । 

महानगरपालिकाका प्रमुख राजेशमान सिंहका अनुसार रात्रि बजार अवधिभर नेपाल– भारत मुख्य सीमा चौबीसै घण्टा खुला राख्ने व्यवस्था मिलाउने प्रयास भइरहेको छ । भारतका पर्यटकलाई लक्ष्य गरेर यहाँका उद्योगी, व्यवसायीसँगको सहकार्यमा उनीहरुकै व्यवस्थापनमा हुन लागेको रात्रि बजारमा महानगरपालिकाले ७५ प्रतिशत लगानी गर्नेछ । ‘यहाँका निजी क्षेत्रको २५ प्रतिशत र महानगरको ७५ प्रतिशत लगानीमा बजार सञ्चालन गर्न लागेका हौँ’, उनले भने। 

रात्रि बजार नाफा कमाउन नभई यहाँको आर्थिक गतिविधि बढाउने उद्देश्यले बजार सञ्चालन हुन लागेको बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानले बताए। आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेन पार्कसम्म लाग्ने रात्रि बजारमा १०० भन्दा बढी  स्टल रहने उनले जानकारी दिए । 

शिक्षा, स्वास्थ्यसम्बन्धी जानकारीमूलक स्टलका साथै त्यहाँ विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध सामग्री राखिने छन् । वीरगञ्ज महानगरपालिकाले अघिल्लो वर्ष पनि नयाँ वर्षका अवसरमा रात्रि बजार सञ्चालन गरेको थियो । 

यसैबीच, संयुक्त बजार अनुगमन टोलीले वीरगञ्जस्थित शक्तिमान बेकरी एण्ड फुड प्रोडक्ट्सलाई २० हजार जरिवाना गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्ज पर्साका प्रमुख सुरेशकुमार सिंहको नेतृत्वको संयुक्त अनुगमन टोलीले  उद्योगभित्र सरसफाइमा लापरवाही भएको र उत्पादित सामग्रीको उत्पादन तथा उपभोग गरिसक्नुपर्ने उल्लेख नभएको पाइएपछि जरिवाना गरिएको हो । 

उद्योगको मापदण्ड पूरा नगरेको र उपभोक्ताको स्वास्थ्यप्रति गम्भीर लापरवाही गरेको पाइएकाले रु २० हजार जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलीप खङ्गले जानकारी दिए। उक्त उद्योगले अनुगमन टोलीले मागअनुसारको आवश्यक कागजात र बिल देखाउन नसकेको र अनुगमनमा असहयोग गरेकोले जरिवाना गरी तीन दिनभित्र कागजातसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनले बताए। 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १० : ४५ बजे

बर्लिनको पर्खाल अवलोकन गर्न पुगे राष्ट्रपति पौडेल (तस्बिरहरू)

बर्लिन, (जर्मनी) – मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार

श्रीलंकाको अर्थतन्त्रमा सुधारको संकेत

काठमाडौं– श्रीलंकाले सोमबार पहिलो त्रैमासिकमा  कमजोर विदेशी मुद्रा संकटबाट सुधार

जरायोटार-सिक्रेटार सडक स्तरोन्नति गरिँदै

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा पर्ने जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गर्न थालिएको

चीनको आरोप : जी-७ को वक्तव्य अहंकार, पूर्वाग्रह र झूट

काठमाडौं– आर्थिक शक्तिराष्ट्रहरूको समूह (जी–७)का नेताहरूले रूसमा हतियार नपठाउन चीनलाई

संघीय संसद्का कर्मचारीको माग सम्बोधन गर्न अर्थमन्त्रालयसँग छलफल गरिने

काठमाडौं– संघीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा छलफल