लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महराको दाबी पेस | Khabarhub Khabarhub

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महराको दाबी पेस


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेस गरेका छन्।

लुम्बिनी प्रदेशमा सत्तारूढ दलको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरालाई मुख्यमन्त्री बनाउन बहुमत सांसदहरूले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका छन्।

बिहीबार प्रदेश सभामा मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा पठाएपछि नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको हो।

सत्तारुढ दलहरूले महराको नेतृत्वमा नयाँ सरकार गठनका लागि ४४ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका छन्। प्रदेश प्रमुख शेरचनले महरालाई आजै मुख्यमन्त्री नियुक्ति गर्ने सम्भावना छ।

महरालाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाले हस्ताक्षर गरेका छन्। 

दाबी पेश गरिएपछि प्रदेश प्रमुख अमिक शेरचनले महरालाई शुक्रबार नै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १२ : ०० बजे

श्रमदानबाट सडक मर्मत

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका

सम्पर्कमा आउन थाले कञ्चनपुरबाट भागेका कैदीबन्दी

कञ्चनपुर– जेनजी प्रदर्शनका क्रममा मंगलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

अमेरिका– नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले

चितवन कारागारका ५४ कैदीबन्दी फर्किए

भरतपुर– चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् ।

सहमतिबाट मात्र निकास सम्भव छ : झलनाथ खनाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री