सिएनआई वोमेन एक्स्पो २०८० शुरु « Khabarhub

सिएनआई वोमेन एक्स्पो २०८० शुरु


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  महिला उद्यमीहरूको सीप र दक्षता प्रयोग गरी उत्पादन गरेका सामग्रीहरूको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा आयोजना गरिएको ‘सिएनआई वोमेन एक्स्पो २०८०’ शुरु भएको छ ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यम समितिले आयोजना गरेको सो एक्स्पोको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले हरेक मन्त्रालयको बजेट लैंगिक मैत्री हुनुपर्ने बताइन् । महिलामैत्री बजेट भए यसबाट महिलाहरूको विकास र उद्यमशीलतामा सहयोग पुग्ने उनले धारणा व्यक्त गरिन् ।

एक्स्पोमा हुम्लादेखि मोरङ सम्मका १० जिल्लाका कृषिजन्य, कपडा, उपभोग्य सामान, हस्तकला र पर्यटन प्रवर्द्धन सम्बन्धी सामग्रीहरूको प्रदर्शनी राखिएको छ । दुई दिन सम्म आयोजना हुने सो महिला एक्स्पोमा करिब २५ लाख रुपैयाँ बराबरको कारोबार हुने बताइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ५ : ३२ बजे

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

‘हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्ज घटनापछि