एचएनबिजिको छैटौं शाखा इजाकाया होक्काइडो र्‍याडिसन परिसरमा  | Khabarhub Khabarhub

एचएनबिजिको छैटौं शाखा इजाकाया होक्काइडो र्‍याडिसन परिसरमा 


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- होक्काइडो नेपाल बिजनेस ग्रुप (एचएनबिजि)ले छैटौं शाखा इजाकाया होक्काइडो र्‍याडिसन होटेल परिसर लाजिम्पाटमा सञ्चालनमा ल्याएको छ ।

नेपालमा जापनिज फुड कल्चर भित्र्याउने संस्थाको रूपमा रहेको एचएनबिजिले सन् २०१९ देखि नेपालमा जापनिज खानाका रेस्टुरेन्टहरू सञ्चालन गर्दै आएको छ ।

पहिलो शाखा काठमाडौँको बुढानीलकण्ठस्थित पार्क भिलेज होटेल हातामा होक्काइडो रामेन हाउस रेस्टुरेन्ट सञ्चालनमा आएको थियो । त्यसपछि संस्थाले अन्य शाखाको रूपमा देक्काइडो फार्म हाउस बुढानीलकण्ठ, ओमाकासे नक्साल, होक्काइडो हाउस सानेपा र होक्काइडो बेन्तो हाउस बौद्ध सञ्चालनमा ल्याएको थियो । साथै संस्थाले क्यूएक्सको रूपमा लबिम मल पूल्चोक र ली शेर्पा काठमाडौंमा अन्य शाखाहरू सञ्चालन गरेको छ ।

रेस्टुरेन्टलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्नका लागि एचएनबिजिको रुपन्देहीको भैरहवामा देक्काइदो एग्रो फार्म सञ्चालनमा छ । यो ग्रुप मातहत सञ्चालित होक्काइडो एकेडेमी अफ हस्पिटालिटीले दक्ष जनशक्ति उत्पादनका लागि काम गर्दै आएको छ । साथै सेन्टर किचन पनि सञ्चालनमा छ ।

जापनिज फुड कल्चरको प्रवर्द्धन गर्दै रेस्टुरेन्टहरू यो समूहमा १७० जना बढीको टिमले काम गरिरहेको छ ।जापानको होक्काइडोमा नेपाली फुड कल्चरलाई विस्तार गरेका अर्जुन अधिकारी नेतृत्वको समूहले सोही नेपालमा जापानको फुड कल्चर विस्तार गरेकाे छ ।

मुख्यगरी उत्पादन, उद्यमी र लगानीलाई आफ्नो प्राथमिकतामा राखेको यो समूहले आन्तरिक सशक्तीकरण मार्फत विदेशी लगानी भित्र्याउने वातावरण निर्माणको योजना बनाएको संस्थाका निर्देशक अर्जुन अधिकारीले बताए ।

देशको समृद्धिका लागि नागरिकलाई पहिला उत्पादनसँग जोड्नुपर्ने बताउने निर्देशक अधिकारी उत्पादनलाई गुणस्तरीय बनाउनका लागि विदेशी प्रविधि, लगानी र सीप भित्र्याउने गरी काम गर्ने बताउँछन् ।

उनी भन्छन्, ‘पहिला उत्पादनलाई फोकस गर्छौ अनि गुणस्तरीय उत्पादनका लागि सफल प्रविधि र सीपसँगै लगानी भित्र्याउँछौँ । यसले उद्यमी बन्न प्रेरित गर्छ र स्वदेशमा नै उत्पादन, उद्यमी र गुणस्तरीय सेवा प्रवाह हुन्छ ।’ अधिकारी थप्छन्, ‘नेपालमा नै उत्पादन हुन थालेपछि उद्यमी जन्मन्छन्, उद्यमीले सफल प्रविधि भित्र्याउन पहल गरेसँगै उत्पादनको गुणस्तर पनि बढ्छ जसले निर्यात प्रतिस्थापन र स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन्छ । अनि मात्र देश समृद्ध हुन सक्छ ।’

उत्पादनसँग जोडिएपछि बिस्तारै गुणस्तरीय उत्पादनमा जोड दिने र त्यसलाई मौलिक पहिचानका साथ अन्तर्राष्ट्रियकरण गरिनुपर्ने धारणाका साथ आफूहरू अगाडी बढेको अधिकारी बताउँछन् । उत्पादन र उपभोगलाई प्रतिस्पर्धी बनाउनका लागि विदेशको सफल प्रविधि र सीप भित्र्याउनुपर्ने अधिकारीको भनाई छ ।

कम्तीमा एक सय उद्यमी जन्माउने सपना बोकेका अधिकारीले हालसम्म ७ जना सफल उद्यमीलाई यो क्षेत्रमा स्थापित गराएको उनी बताउँछन् ।

इजाकाया होक्काइडो किन ?

यो समूहले काठमाडौँको र्‍याडिसन होटेल परिसरमा सञ्चालनमा ल्याएको इजाकाया होक्काइडो जापनिज फुड कल्चरको प्रवर्धनमा काम गरिरहेको रेस्टुरेन्ट हो । राजधानीको केन्द्र लाजिम्पाटमा रहेको इजाकाया होक्काइडोले जापनिज फुड पारखीका लागि ५० बढी परिकार पस्कँदै आएको छ । स्वदेशी तथा विदेशी पाहुनाका लागि उच्च गुणस्तरका परिकार पस्कँदै आएको इजाकायामा शाकाहारी र मांसाहारी छुट्टाछुट्टै मेनुको व्यवस्था छ ।

जापानको फुड कल्चरलाई नेपाली परिवेशमा ढाल्दै आएको इजाकायाले उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै स्वच्छ र ताजा खाना उपलब्ध गराउँछ । सम्भव भएसम्म स्थानीय उत्पादनको प्रयोगलाई प्रोत्साहनको नीति लिएको यो रेस्टुरेन्टले दक्ष जनशक्तिको साथ आफ्नो सेवा प्रवाह गरिरहेको छ ।

नेपाली र जापानी चाडपर्वहरूमा इजाकायाले विशेष कार्यक्रमको साथ आफ्ना उपभोक्ताका लागि आकर्षक प्याकेज ल्याउँदै आएको छ ।

७० जना अट्ने हलको व्यवस्था रहेको इजाकायामा सभा, समारोह तथा अन्य कार्यक्रमका लागि माग बमोजिमका सेवा उपलब्ध छन् ।

साताको सबै दिन खुला रहने इजाकाय आइतबारदेखि शुक्रबारसम्म बिहान ११ देखि बेलुका १० र शनिवार अपराह्न १२ बजेदेखि बेलुका १० बजेसम्म खुला रहन्छ । इजाकायाले हाल आफ्ना सबै सेवाहरूमा १५ प्रतिशत छुट दिएको छ ।

तस्बिर : चिरायु शाक्य 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ६ : १९ बजे

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि