सरकार स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धन गर्न प्रतिबद्ध छ : मन्त्री शर्मा « Khabarhub

सरकार स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धन गर्न प्रतिबद्ध छ : मन्त्री शर्मा


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रामपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

पाल्पाको सामुदायिक रेडियो मदन पोखराको रजत महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री शर्माले सञ्चारमाध्यमको सबलीकरण तथा पत्रकारको भौतिक र पेसागत सुरक्षाका लागि तीनै तहका सरकार गम्भीर भएर लाग्न आवश्यक रहेको बताइन्  ।

‘देश–विदेशका सूचना क्षण–क्षणमा प्रवाह गर्न सञ्चारमाध्यमको अभाव छैन । तर समुदायका नागरिकको आवाज र भावना समुदायकै भाषाशैलीमा प्रस्तुत गर्ने दायित्व भनेकै सामुदायिक रेडियोलगायत स्थानीय सञ्चारमाध्यमले मात्र निर्वाह गर्न सक्छन्’, उनले भनिन् ।

सामुदायिक रेडियोको समुदायमा अझ बढी आकर्षण बढेर जाने अवस्था रहेको उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि स्थानीय सञ्चारमाध्यम बढी समुदाय केन्द्रित हुनुपर्ने बताइन् ।

स्थानीय सञ्चारमाध्यम स्थानीय विषयवस्तुमा थप केन्द्रित हुने हो भने अझ आकर्षण बढेर जाने उनको भनाइ थियो । सञ्चारमाध्यमको बढ्दो सङ्ख्या र सूचना प्रविधिमा आएको परिवर्तनका कारण स्थानीय सञ्चारमाध्यममा चुनौती थपिएको उल्लेख गर्दै मन्त्री शर्माले स्थानीय विषयवस्तुमा केन्द्रित भएर जानुपर्ने सुझाव दिइन् ।

समुदायकै सहयोगमा सवल बनाउन सकिने भन्दै उनले स्थानीय सञ्चारमाध्यमले समाजका नकारात्मक विषयको चिरफार गर्दै सकारात्मक चेतना दिने समाचारलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।

संविधानले आमसञ्चार क्षेत्रको नियमनको पाटोलाई सङ्घीय सरकारको दायित्वभित्र राखे पनि प्रवर्द्धनको सवालमा तीनै तहका सरकारको अधिकार सूचीमा राखेको उल्लेख मन्त्री शर्माले गर्दै प्रदेश र स्थानीय तहहरूले विज्ञापन कानुन बनाएर स्थानीय विज्ञापनको प्रकाशन/प्रसारणमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिने नीति ल्याउनुपर्ने बताइन् ।

संविधान बनेको लामो समयसम्म आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने सङ्घीय कानुन नबन्दा केही अन्योल देखिएको उल्लेख गर्दै मन्त्री शर्माले यसलाई चिर्दै जतिसक्दो चाँडो आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न कानुन बनाउने गृहकार्यमा सरकार लागेको जानकारी दिइन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आमसञ्चार क्षेत्रको छाताको कानुनको रूपमा आमसञ्चार ऐनको मस्यौदा तयार गरेर मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको उनले जानकारी दिइन् ।

‘मिडिया काउन्सिल विधेयक मन्त्रिपरिषद्बाट पारित गरेर सङ्घीय संसद्मा दर्ता गर्ने अन्तिम तयारी छ’, मन्त्री शर्माले भनिन् । सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य सोच बनाएर अघि बढिरहेको उनले उल्लेख गरिन् ।

सबै क्षेत्रमा महत्त्वपूर्ण सुरुआत भए पनि सरकारले चाहेजस्तो काम हुन नसकेको गहिरो अनुभूतिसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरण परिवर्तन गरेरै भए पनि सरकारलाई गति दिने नयाँ अध्यायको थालनी गरेको मन्त्री शर्माले स्पष्ट पारिन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ७ : २४ बजे

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

‘हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्ज घटनापछि