साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक « Khabarhub

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल वेहडालाई ६–० गोलले हराएको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यस्तै ओटाभियो, सडियो माने र मोहमद अल फाटिलले एक–एक गोल गरेका थिए ।

रोनाल्डोले यस सिजनको लिगमा अहिलेसम्म कुल ३२ गोल गर्दै लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । उनले यस सिजनको लिगमा सबैभन्दा बढी ४ ह्याट्रिक गरेका छन् ।

योजितसँगै अल नासर ३० खेलबाट ७४ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । पराजित भएको अल वेहडा ३२ अंकसहित १२औँ स्थानमा छ ।

२९ खेल खेलेको अल हिलाल ८३ अंकसहित शीर्षस्थानमा छ । यस सिजनमा अल हिलाल अपराजित रहेको छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ८ : २३ बजे

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु

बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्यसडक अवरुद्ध

काठमाडौं– बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक अवरुद्ध

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा