बागमती प्रदेशमा ११ हजार डेंगु संक्रमित | Khabarhub Khabarhub

बागमती प्रदेशमा ११ हजार डेंगु संक्रमित


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


957
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशमा पछिल्लो समय डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेंगु सङ्क्रमित फेला परेका छन् ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म बागमती प्रदेशमा ११ हजार चार सय नौ जना नयाँ डेंगु संक्रमित फेला परेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसमध्ये सबैभन्दा बढी धादिङमा तीन हजार पाँच सय एक र सबैभन्दा कम रसुवामा दुई जना नयाँ डेंगु संक्रमित भएको स्वास्थ्य निर्देशानलयका स्रोत व्यक्ति उत्तमप्रसाद प्याकुरेलले जानकारी दिए ।

उनका अनुसार यस अवधिमा काठमाडौँमा तीन हजार, चितवनमा एक हजार सात सय आठ, मकवानपुरमा आठ सय ५७, भक्तपुरमा चार सय ९४, काभ्रेपलाञ्चोकमा एक सय ६७, नुवाकोटमा ८१, दोलखामा ७९, रामेछापमा २७, सिन्धुपालञ्चोकमा ३२ र सिन्धुलीमा २३ जना नयाँ डेंगु संक्रमित फेला परेका छन् ।

डेंगु सङ्क्रमणबाट हालसम्म मकवानपुरमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । गर्मी मौसम सुरु भएसँगै डेंगु संक्रमित अझै बढ्न सक्ने भएकाले जनचेतनामूलक सन्देश प्रवाहसँगै प्रदेशभर लामखुट्टे लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशक दिपकप्रसाद तिवारीले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ३ : ४४ बजे

मुस्ताङमा अठार करोडको लागतमा तटबन्ध निर्माण

मुस्ताङ– कालीगण्डकी नदी सतहको उकासले हिमाली जिल्ला मुस्ताङको एक दर्जन तटीय

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–११ वनहरा नदी तटीय क्षेत्रमा झोपडी बनाएर बस्दै

‘कुलिङ पिरियड’ हटाउन चोर बाटोबाट बदमासी, राजीनामा दिन सभापति खतिवडालाई दबाब

काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा विवादमा

यस्तो बन्दैछ ऐतिहासिक खुल्लामञ्च (तस्बिरहरू)

काठमाडौं– नेपालको राजनीतिक परिवर्तनको साक्षी बनेको ऐनिहासिक खुल्लामञ्च अहिले दूबोले

बाँकेमा बाढीबाट बस्ती जोगाउन अस्थायी तटबन्ध

नेपालगञ्ज– राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आसपासका क्षेत्रमा अस्थायी तटबन्धको