भोजपुरका विद्यालयमा ‘इ-लर्निङ सेन्टर’ « Khabarhub

भोजपुरका विद्यालयमा ‘इ-लर्निङ सेन्टर’


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

टक्सार– सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्देश्यले भोजपुरका विद्यालय तथा क्याम्पसमा ‘इ–लर्निङ सेन्टर स्थापना’ अभियान सञ्चालन भइरहेको छ ।

पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला नेतृत्वको ईश्वर मन्दिर काठमाडौँ नामक संस्थाको सहयोगमा जिल्लामा इ–लर्निङ सेन्टर स्थापना भइरहेका हुन् ।

अभियानको क्रममा आज जिल्लाको टेम्केमैयुङ गाउँपालिका—२ छिनामखुमा रहेको त्रिभुवन धर्मोदय माध्यमिक विद्यालयमा इ–लर्निङ सेन्टर स्थापना गरिएको छ ।

विसं २००५ सालमा स्थापना गरिएको विद्यालयमा सञ्चालन गरिएको सेन्टरमा को २० थान कम्प्युटर सेट र स्मार्ट टिभीलगायतका विद्युतीय सामानको व्यवस्था गरिएको सहयोगी संस्थाका अध्यक्ष प्रमेश केसीले बताए।

विद्यार्थीलाई सूचना प्रविधिसँग अभ्यस्त गर्दै सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले आफ्नो संस्थाले विद्यालयमा इ—लर्निङ सेन्टर स्थापना गर्दै आएको उनले बताए । उनले भने, ‘सूचना प्रविधिको वर्तमान युगमा विगतमा जस्तो अध्ययनले मात्र हुँदैन, विद्यार्थीलाई प्रविधिसँग जोड्न जरूरी छ । त्यसैले ग्रामीण क्षेत्रका विद्यालयमा पनि इ–लर्निङ सेन्टर स्थापनामा सहयोग गरिरहेका छौँ । यसले पठनपाठनमा सहज हुने विश्वास लिएका छौँ ।’

छिनामखुमा रहेको त्रिभुवन धर्मोदय माध्यमिक विद्यालयमा मात्रै होइन सो संस्थाले भोजपुर नगरपालिकामा रहेका भोजपुर बहुमुखी क्याम्पस, विद्योदय मावि, जनसेवा आधरभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, आदर्श शिशु आधारभूत विद्यालय, हतुवागढी गाउँपालिकामा रहेको सगरमाथा मावि, षडानन्द नगरपालिकामा रहेको अरुण मावि, अरुण गाउँपालिकाको शारदा माविमा समेत सो संस्थाले कम्प्युटरलगायतका सामग्री सहयोग गरी इ—लर्निङ सेन्टर स्थापनामा योगदान गरिसकेको छ ।

संस्थाका महासचिव संकेत कोइरालाले पनि प्रविधिसहितका पुस्तकालय स्थापनाले पठनपाठनमा सहज भएको प्रतिक्रिया आफूहरूले पाएको बताए। ‘आधुनिक प्रविधिको युगमा विद्यार्थीको हातमा कलम र कपी मात्र होइन, अहिलेका कम्प्युटर पनि हुन जरूरी छ, त्यसैले हामी त्यही अभियानअन्तर्गत अहिले भोजपुरका विद्यालयमा सहयोग गरिरहेका छौँ । यसलाई अन्य ठाउँमा पनि विस्तार गर्दै लैजाने हाम्रो लक्ष्य छ ।’

त्रिभुवन धर्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक राजन राईले ‘विद्यार्थी साथमा, कम्प्युटर हातमा’ भन्ने अभियानले  विद्यालयको शैक्षिक सुधारमा निकै सहयोग पुगेको बताए ।

टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले पनि विद्यालयमा स्थापना गरिएका इ—लर्निङ सेन्टरले शैक्षिक गुणस्तर सुधारका साथै विद्यार्थीलाई अध्ययनमा अभिप्रेरित गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

संस्थाका सल्लाकार पूर्वअर्थमन्त्री कोइरालाले आगामी दिनमा पनि विद्यालयलाई प्रविधिमैत्री बनाउन भोजपुरका अन्य विद्यालयमा पनि सहयोग अभियान सञ्चालन गरिने बताए । ‘अब विद्यालयमा प्रविधिमैत्री इ–लर्निङ सेन्टर स्थापना हुनुपर्छ, त्यसका लागि हामीले सहयोग अभियान सुरूगरेका हौँ’, कोइरालाले भने ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ४ : ०६ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच