कांग्रेसको अडानबीच प्रधानमन्त्री, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच वार्ता « Khabarhub

कांग्रेसको अडानबीच प्रधानमन्त्री, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच वार्ता


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच आइतबार भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच समसामयिक राजनीतिसहितका विषयमा छलफल भएको छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद्मा निरन्तर अवरोध गरिरहेका बेला तीन नेता जुटेका हुन् ।

कांग्रेस आफ्नो अडानबाट पछि हटेको छैन ।  यस्तोमा आगामी वैशाख २८ गतेदेखि संसद्को बजेट अधिवेशन आह्वान गरिएको छ ।

बजेट निर्माण, प्रदेश सरकार र विश्वविद्यालय लगायतबारे साझा धारणा बनाउन उनीहरू छलफलमा जुटेका बताइएको छ ।

संसद् अधिवेशन सुरु हुनुअघि नै राजनीतिक सहमति जुटाउने गरी प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेका छन् । तर कांग्रेसले लामिछानेमाथि छानबिनको अडान छाडेको छैन ।

शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा पनि प्रचण्डले यसबारे ब्रिफिङ गरेका थिए ।

उक्त बैठकमा सहभागी माओवादी सांसदले पार्टीमा छलफल गरेपछि मात्रै सत्ता गठबन्धन र प्रतिपक्षी दलका नेताहरूसँग छलफल हुने ब्रिफिङ गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ४ : २५ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा