जसपा विभाजित भएपछि राजकिशोरले भने, ‘सिरहाको गाउँमा छु, बल्ल थाहा भयो’ « Khabarhub

जसपा विभाजित भएपछि राजकिशोरले भने, ‘सिरहाको गाउँमा छु, बल्ल थाहा भयो’


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ जनता समाजवादी पार्टी विभाजन भएको छ । पार्टी विभाजन भएपछि धेरै नेताहरू अलमलमा परेका छन् ।

यस्तै अलमलमा पर्नेमा एकजना नेता हुन् राजकिशोर यादव । उनीसहित ८ जना सांसदको नाम वरिष्ठ नेता अशोक राईले निर्वाचनमा आयोगमा लिएर गएका थिए ।

तर राजकिशोर आफैंले पनि पार्टी विभाजनबारे आफूलाई केही थाहा नभएको बताएका छन् । विभाजनको पक्षमा नउभिएपछि राई समूहले यादवको नाम हटाएर सातजना मात्रै सांसदको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको  छ ।

उनले आइतबार साँझ खबरहबसँग कुरा गर्दै भने, ‘म मेरो गाउँ सिराहा छु । विभाजनबारे कुनै जानकारी छैन । मैले पनि सुनेको हुँ । तर म कसैको पक्षमा छैन ।’

यादवले आफूलाई पनि विभाजनबारे भर्खरै मात्र थाहा भएको दाबी गरे । उनले भने, ‘म यताउता कतै भन्ने छैन । मेरो पार्टीको पक्षमा छु । विभाजन कसले गर्‍यो थाहा छैन ।’

पार्टी विभाजन भएपछि आफू छलफलमा रहेको उनले बताए । ‘म पनि साथीरूसँग छलफलमा छु । बल्ल खबर सुनेँ, तर म विभाजनको पक्षमा गएको छैन ।’ि

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ६ : ५२ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा