जलवायु परिवर्तनको असरबारे जापान चिन्तित, हिमाल जोगाउन सबैले सहकार्य गरौँ : परराष्ट्रमन्त्री योको | Khabarhub Khabarhub

जलवायु परिवर्तनको असरबारे जापान चिन्तित, हिमाल जोगाउन सबैले सहकार्य गरौँ : परराष्ट्रमन्त्री योको


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएकी जापानकी परराष्ट्रमन्त्री कामीकावा योकोले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् ।

शीतल निवासमा आइतबार भएको सो शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्बन उत्सर्जन गर्ने विकसित मुलुकहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका सन्दर्भमा अत्यन्त गम्भीर भइदिन आग्रह गरेको राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

राष्ट्रपति पौडेलले एशियाका ज्योति गौतम बुद्धको सन्देश प्रवाहित भए देखिनै नेपाल जापानबीच सांस्कृतिक सम्बन्ध रहिआएको उल्लेख गर्दै दुई देशबीच समस्यारहित सम्बन्ध रहेको र नेपालले सधैँ जापानको उच्च सद्भाव महसुस गरेको पनि बताएका थिए ।

नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाल र जापानबीचको आर्थिक सहयोग र सहकार्यका क्षेत्रहरू थप विस्तार हुने विश्वास व्यक्त गरेका थिए ।

हामीले जनस्तरको सम्बन्ध फराकिलो बनाउन प्राथमिकता दिनु पर्दछ भन्दै उनले जापानसँगको धार्मिक–सांस्कृतिक समानता एवं नेपालको प्राकृतिक सुन्दरताका कारण नेपालमा थप जापानी पर्यटकहरू आउने विश्वास व्यक्त गरेका थिए ।

सो अवसरमा जापानी विदेशमन्त्री योकोले जलवायु परिवर्तनको असरबारे जापानपनि चिन्तित रहेको उल्लेख गर्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको बताएकी थिइन ।

उनले सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने लक्ष्य राखेको बताउँदै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वैकल्पिक ऊर्जाको प्रयोगका निम्ति प्रविधिमा ठूलो क्रान्ति गर्न सबै मिलेर अगाडि बढाउने बताएकी थिइन् ।

नेपालको विकास  र स्थिरता यो क्षेत्रकै लागि आवश्यक महसुस गरेर जापानले नेपालको विकासमा हरतरहको सहयोग गर्ने उनले बताइन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ६ : ५७ बजे

महिला राजनीतिमा आउन अझै समस्या रहेको सांसदहरूको गुनासो

सुर्खेत– कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका महिला सांसदहरूले आमसञ्चार माध्यममा

परराष्ट्रमन्त्री र युक्रेनका विदेशमन्त्रीबीच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीको रिहाइको माग

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहासँग

निर्वाचन सुनिश्चितताको माग गर्दै स्वतन्त्र उम्मेदवार पदमा भुसाल धर्नामा

काठमाडौं– त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका

कुसाङको ट्रकबाट बरामद सबै रकम अमेरिकी डलर र युरो मात्रै

काठमाडौं- काठमाडौंको टोखा नगरपालिका-२ झोरस्थित सडकमा गुडिरहेको ना. ७ ख

निरन्तर ओरालो शेयर बजार, २७ सय तल झर्‍यो नेप्से

काठमाडौं– अघिल्लो साता ८१.९५ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)