सिधाकुरा प्रकरण : सर्वोच्चले राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगायो « Khabarhub

सिधाकुरा प्रकरण : सर्वोच्चले राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगायो


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनलाई स्टिङ अपरेसनको विवादास्पद अडियो उपलब्ध गराएका राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगाएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासले तिमल्सिनाको बयान नसकिएको जनाउँदै सोमबारसम्मका लागि प्रहरीको जिम्मा लगाएर पठाएको हो ।

बयान नसकिएपछि उनलाई सोमबार बिहान १० बजे अदालतमा उपस्थित हुने गरी प्रहरीको जिम्मा लगाइएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले खबरहबलाई बताए ।

‘उहाँलाई थुनामा पठाइएको होइन । प्रहरीको जिम्मा  लगाइएको हो । उहाँ भोलि १० बजे सर्वोच्च उपस्थित हुनेगरि प्रहरीलाई जिम्मा दिइएको हो । उहाँको कुनै फैसला भएको छैन । बयान सकिएपछि मात्र के गर्ने भन्ने निर्णय हुन्छ’, उनले भने ।

उनले अनलाइन तथा युट्युब च्यानल सञ्चालन गरिरहेको सिधाकुराका सम्पादकलाई मिडिया मालिकसमेतलाई जोडिएको विवादित टेप उपलब्ध गराएका थिए ।

सर्वोच्च अदालतको अवहेलनासम्बन्धी मुद्दामा सिधाकुराका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानासँग यसअघि नै बयान लिएको छ ।

सर्वोच्चले यही वैशाख २० गते ‘सिधाकुरा डटकम’का प्रकाशक कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई बयानका लागि बोलाउन आदेश दिएको थियो । त्यहीअनुसार उनीहरूको बयान जारी छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार उक्त आदेश जारी गरेको थियो ।

‘सिधाकुरा डटकम’का प्रकाशक युवराज कँडेलविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा हदैसम्मको सजायको माग गरिएको थियो ।

सर्वोच्चले ‘सिधाकुरा डटकम’ले ‘द डार्क फाइल’का नाममा सार्वजनिक गरेको अडिओको प्राविधिक अनुसन्धान गर्न पनि प्रहरीलाई आदेश दिएको थियो ।

‘श्रव्य दृश्यमा उठाइएको विषयवस्तुको सत्यतथ्य तथा प्राविधिक पक्षको समेत विस्तृत अनुसन्धान हुनुपर्ने देखिँदा सोसम्बन्धमा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुन बमोजिम कारबाहीसमेत अगाडि बढाउनू र सोको प्रतिवेदनसहितको जानकारी १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत यस कार्यालयमा पेस गर्नु भनी प्रहरी महानिरीक्षकलाई लेखी पठाउने’, आदेशमा भनिएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ७ : १० बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग