जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ? | Khabarhub Khabarhub

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार अचानक फुटेको छ । अशोक राईको नेतृत्वमा जसपा फुट्दै गर्दा मानिसलाई लागेको थियो, प्रचण्ड नेतृत्वको सरकारलाई बहुमत पुग्न नदिन र सरकार ढाल्नका लागि यो विभाजन गरिएको हुनुपर्छ । तर, वास्तविकता ठीक उल्टो रहेछ ।

एमाले–माओवादी नेतृत्वको सरकारलाई जोगाउन र माधव नेपालले गरिरहेको प्रधानमन्त्री बन्ने कसरतलाई असफल बनाउन जसपामा विभाजन गरिएको तथ्य खुलेको छ । तर, पार्टी विभाजनमा सोही दलका नेताहरुको मात्रै सक्रियता थियो या एमाले माओवादीको हस्तक्षेपले पनि काम गरेको हो ? यो रहस्यको पोको खुल्न अझै बाँकी छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणबाट नफर्कँदै आइतबार जसपा फुटाइएको हो । स्वदेश फर्केपछि अध्यक्ष यादवले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने र माधव नेपाललाई बहुमत पुर्या‍उन सघाउने प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई डर थियो । जबकि यादव प्रचण्ड सरकारकै उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्री छन् ।

उपेन्द्र यादवले अर्को गठबन्धनलाई सघाएमा अब उनीसँग १२ को साटो पाँचजना सांसद मात्र रहनेछन् । बाँकी ८ जनाले भने प्रचण्ड सरकारलाई नै साथ दिने छन् । यो विभाजन प्रचण्ड नेतृत्वको सरकारलाई ढाल्नका लागि नभई जोगाउनका लागि भएको देखिएको छ ।

अशोक राईको विद्रोही टिम

अशोक राईको नेतृत्वमा ७ सांसदले गरेको दल विभाजनमा बहालवाला वनमन्त्री नवलकिशोर साह सुडीसमेत सहभागी हुनुले पनि के पुष्टि गर्छ भने अशोक राईको नेतृत्वमा फुटेको जसपा प्रतिपक्षमा बस्नका लागि नभई सरकारमै रहनका लागि हो ।

मन्त्री साहले पनि यो कुराको पुष्टि गरेका छन् ।

‘हामीले पटक–पटक सरकारको स्थायित्वबारे कुरा गरेका थियौँ तर नेतृत्व त्यता ध्यान नदिएपछि हाम्रो विकल्प भएन’ जसपा नेता एवं मन्त्री साह खबरहबसँग भन्छन्, ‘सरकारलाई स्थिरता दिनका लागि पार्टी विभाजन गरेका छौँ ।’

प्रचण्ड नेतृत्वको सरकार जोगाउनका लागि पार्टी फुटाइएकोमा जसपा नेता राजकिशोर यादवसमेत आश्चर्यचकित छन् । उनले खबरहबसँग भने, ‘म विभाजनको खबर सुनेर चकित भएको छु, म अहिले काठमाडौंबाहिर गाउँमा छु ।’

प्रचण्ड नेतृत्वको सरकारले पछिल्लो पटक विश्वासको मत लिँदा पक्षमा १५७ मत खसेको थियो । माधव नेपालको पार्टीले समर्थन झिक्दा सरकारको मत १४७ हुन जान्थ्यो । यसमा जसपाका १२ सांसद सरकारबाट बाहिरिँदा प्रचण्ड नेतृत्वको सरकारलाई १३५ जनाको मात्र समर्थन रहन गई अल्पमतमा पर्ने र ढल्ने डर थियो ।

उपेन्द्र यादवसँग बचेको टिम

अब उपेन्द्र यादव र माधव नेपालले समर्थन नगर्दा पनि प्रचण्डसँग १४२ मत अर्थात बहुमत बाँकी रहनेछ र सरकार ढाल्न खोज्ने माधव नेपालको प्रयास असफल हुनेछ । यही आकलनसहित जसपालाई फुटाएर प्रचण्ड सरकारलाई सुरक्षित गरिएको जसपाका विद्रोही सांसदको तर्क छ ।

माओवादी–एमाले नेतृत्वको सरकारलाई टिकाइराख्ने उद्देश्यले जसपा फुटाइएको भनिए पनि यो खेलमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको समेत भित्री साथ सहयोग छ कि छैन भन्ने चाहिँ पुष्टि हुन बाँकी नै छ ।

जोगिएला त प्रचण्ड सरकार ?

जसपालाई फुटाएर सरकार जोगाउने सत्तापक्षको रणनीति पूरा होला त ? विदेशमा रहेका उपेन्द्र यादव फर्केपछि उनले चाल्ने कदममा पनि यो कुरा निर्भर रहने छ । पार्टी विभाजनबाट चिढिएका स्वास्थ्यमन्त्री यादव सरकारबाट बाहिरिनेछन् या बसिरहन्छन्, त्यो हेर्न बाँकी छ ।

प्रचण्ड नेतृत्वको गठबन्धन भत्काउन माधव नेपालले कसरत गरिरहेको ओली र प्रचण्डको बुझाइ छ । त्यसो गर्नका लागि कांग्रेसका ८९, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपाका ४ सांसद जोड्दा १०९ सिट पुग्छ । यसमा जसपाका १२ सांसद जोड्दा १२१ पुग्थ्यो । तर, अब जसपा फुटेकाले ११४ मात्र पुग्छ । यसमा रास्वपा थपिने हो भने १२५ पुग्छ । ५ स्वतन्त्र र ३ नागरिक उन्मुक्ति पनि जोड्दा १३२ मात्र पुग्छ । बहुमत पु¥याउन राप्रपा (१४ सीट) समेत थप्नैपर्ने हुन्छ ।

यस अर्थमा जसपाको फुटले प्रचण्ड सरकार ढालेर अर्को गठबन्धन बनाउने च्याप्टर तत्कालका लागि बन्द हुने स्थिति छ ।

रास्वपालाई सरकारबाट बाहिरिन दबाव

संसदमा २१ सिटको प्रतिनिधित्व गरिरहेको रास्वपाभित्र पनि सरकारमा बस्ने कि प्रतिपक्षमा बस्ने भन्ने विवाद बढेको छ । इलामको उपनिर्वाचनमा अपेक्षित परिणाम नआउनुको एउटा कारण गठबन्धन सरकारमा सहभागी हुनु पनि हो भन्ने बुझाइ रास्वपाका नेताहरुमा छन् ।

यो स्थितिमा रास्वपा बाहिरियो भने प्रचण्ड सरकार के होला ? यो अंकगणित पनि बहसको विषय बनेको छ ।

एमालेका ७८ र माओवादीका ३२ गरी ११० सांसद सरकारको पक्षमा छन् । जसपाका विद्रोही ७ सांसद जोड्दा ११७ पुग्छ । ६ सिटको जनमत पार्टी सरकार बाहिरै छ । यो स्थितिमा १० सिटको एकीकृत समाजवादी बाहिरियो र ४ सिटको लोसपा पनि बाहिरै रह्यो भने प्रचण्ड सरकार टिकाउन रास्वपाको समर्थन अपरिहार्य छ । रास्वपा पनि बाहिरयो भने राप्रपाको समर्थन आवश्यक पर्छ । तर, राप्रपाभित्र सरकारमा नजान ठूलो दबाव छ ।

सरकार टिकाउन अर्को पार्टी फुटाउँदै जाने हो भने अब रास्वपा, एकीकृत समाजवादी वा राप्रपालाई पनि फुटाउने खेल त हुने होइन ? यो प्रश्न पनि सतहमा आएको छ ।

सत्ताको खेलका लागि गठबन्धन फेर्ने विकृति त ०७९ साल यता देखिएकै हो, तर अब सरकार टिकाउन पार्टी फुटाउने अर्को घीनलाग्दो फोहोरी खेलमा दलहरु लागेका छन् । र, नयाँ भनिएका दल पनि त्यसैको साक्षी बनेर सरकारमा बसिरहेका छन् । यसले जनतामा दलहरुप्रतिको घृणा अरु बढाउने देखिन्छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ८ : ३४ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन