शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने | Khabarhub Khabarhub

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरुअन्तर्गतका विद्युतीय वितरण शुक्रबारसम्म अवरुद्ध हुने जनाएको छ ।

उक्त वितरण केन्द्रहरुमा विद्युतीय वितरण लाइनहरु भूमिगत गर्न सुरु गरिएकाले आज आइतबारदेखि विद्युत् लाइन अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

आज गोठाटार फिडर (जेरपार्टी वितरण केन्द्र) अन्तरर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् अवरुद्ध भएको थियो ।

सोमबार कुलेश्वर वितरण केन्द्रअन्तर्गत सोल्टीमोडदेखि रविभवनसम्मको क्षेत्र, मङ्गलबार गोठाटार फिडर (जोरपार्टी वितरण केन्द्र)अन्तर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

यसैगरी, बुधबार ताहचाल र चौमती फिडर (कुलेश्वर वितरण केन्द्र) अन्तर्गत छाउनी अस्पताल क्षेत्र, बिहीबार गोठाटार फिडर (जोरपार्टी वितरण केन्द्र) अन्तर्गत तेजविनायक चोकदेखि मानटार चोकसम्मको क्षेत्र तथा शुक्रबार मच्छेगाउँ फिडर (कीर्तिपुर वितरण केन्द्र) अन्तर्गत ढाल्पाक चोकदेखि राराहिल चोकसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ९ : ०२ बजे

बैंकिङ प्रणालीमा पैसा थुप्रियो, राष्ट्र बैंकले ६० अर्ब तान्दै 

काठमाडौं– बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ । बैंक तथा वित्तीय

प्रभु स्मार्ट फण्डले १० प्रतिशत लाभांश दिने 

काठमाडौं– प्रभु स्मार्ट फण्डले गत आर्थिक वर्ष २०८१–८२ को नाफाबाट

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शयरधनीका नाममा रहेको

उमा सुवेदीको उपन्यास ‘परिधि’ को लोकार्पण

 काठमाडौं- ‘तोदा’  उपन्यास र ‘सयौं पुतली’  कथा सङ्ग्रह  लगायत आधा

दैनिक १० हजारभन्दा बढीको स्कुस बिक्री गर्दै किसान

गाईघाट– सदरमुकाम गाईघाटमा हरियो सागसब्जीको मूल्य महँगिँदै गइरहेका बेला पहाडी