अन्नपूर्ण–धवलागिरि पदमार्गस्थित घोप्टेखोलामा झोलुङ्गे पुल « Khabarhub

अन्नपूर्ण–धवलागिरि पदमार्गस्थित घोप्टेखोलामा झोलुङ्गे पुल


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

जलजला गाउँपालिका–५ मा पर्ने घोप्टेखोलामा निर्माण भएको पुलबाट स्थानीयवासी र पर्यटक लाभान्वित भएका छन् ।

एग्रिकल्चर एड एशोसिएसन ब्रिट्रिस गोर्खा (कादुरी) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ५० मिटर लामो पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर पुनले बताए ।

अध्यक्ष पुनका अनुसार ४७ लाख ५० हजार चार सय ९६ को लागतमा पुल निर्माण भएको हो ।

‘पुल निर्माणका लागि स्थानीयवासीले एक लाख १५ हजार दुई सय बराबरको ८५ दिन श्रमदान गरेका छन्’, उनले भने, ‘काम थालेको ८५ दिनमै पुल तयार गर्न सफल भएका छौँ ।’ पुलबाट बाँसखर्क, मल्लाज, डाँडाकेटरी, वनबढे, म्याग्दीको नागीका बासिन्दा लाभान्वित भएका स्थानीय नारायण पुनले बताए ।

बाँसखर्क डाँडाकटेरी हुँदै मोहरेडाँडा, पुनहिल घोडेपानी जान सकिने पदमार्ग भएकाले यो पुल उपयोगी भएको उनको भनाइ छ । पुल बनेपछि घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको र यात्रा अवधि छोटो भएका छ ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १० : ०८ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा