सर्पले टोक्यो, के गर्ने के नगर्ने ?  « Khabarhub

सर्पले टोक्यो, के गर्ने के नगर्ने ? 


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


19.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मी र वर्षासँगै सर्पदंशका घटनाहरू वृद्धि हुने गर्छन्  । अन्य मौसममा भन्दा वर्षातको समयमा सर्पको बिगबिगी बढी हुन्छ । यो बेला सर्पहरू जमिन माथि आएका हुन्छन् र मानिससँग भेट हुने भएकाले डस्न पुग्छन् ।

नेपालका झन्डै २६ जिल्लाहरू सर्पदंशबाट अति प्रभावित मानिएको छ । ती क्षेत्रका मानिसले बेलैमा उपचार नपाउँदा, हेलचेक्र्याइँ गर्दा र धामी झाँक्रीको भर पर्दा जटिल समस्या उत्पन्न गरेको र कतिको ज्यान जाने गरेको बताइन्छ ।  सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरूलाई क्षति पुर्‍याउँछन् । यसका साथै आन्तरिक रक्तस्राव पनि गराउँछन् ।

तर सर्पले कसैलाई हानि पुर्‍याउनुमा मानिसको लापरबाही पनि उत्तिकै जिम्मेवार हुने गर्छ । सावधानी अपनाउन सके सर्पदंशबाट धेरै हदसम्म जोगिन सकिन्छ । आज हामी सर्पको टोकाइबाट बच्ने उपायबारे चर्चा गर्दै छौ ।

सर्पले कहाँ कहाँ टोक्न सक्छ ?

 नेपालमा सर्पले धेरैजसो शरीरको तल्लो भागमा टोकेको देखिन्छ । गाउँघरमा खेतबारीमा काम गर्दा होस् या हिड्दा अचानक सर्पले टोकेको टोक्न सक्छ । जंगलमा घाँस काट्दा हातमा पनि बढी टोक्ने गर्छ । समग्रमा सर्पले शरीरको जुनसुकै ठाउँमा टोक्न सक्छ । नेपालमा तीन प्रजातिका विषालु सर्पले टोकेको पाइन्छ, ती हुन् गोमन, करेत, भाइपर लगायत । तराईमा गोमन र करेतको टोकाइबाट अधिकांश मानिसको मृत्यु हुने गर्छ । त्यस्तै करेत सर्पले विशेषगरी रातको समयमा र मानिसहरू सुतेकै बेला टोक्ने गरेको पाइने विज्ञहरू बताउँछन् ।

सर्पले टोकेको यसरी थाहा पाउनुहोस् .

सर्पले टोक्नासाथ आफूलाई सियोले घोचेजस्तै अनुभव हुन्छ । थाहा पाउने तरिका सर्पले टोकेको ठाउँमा सर्पको दुई वटा दाँतको डाम देखिन्छ । तर भाइपर सर्पको दाँत सानो हुने हुँदा त्यसले टोकेको ठाउँमा दाँतको डाम नदेखिन पनि सक्छ । टोकेको ठाउँमा निलो डाम वा रगत देखिन्छ । यस्तो हुँदा विशेष ध्यान दिन आवश्यक छ ।

सर्पको टोकाइबाट जोगिन के गर्ने?

राती हिँडिनुपरे टर्च लाइट लिएर हिँड्ने,

जुता वा गम बुट लगाउने

खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाउने

घर वरपरको घांस भारपात
काटेर सफा राख्ने

जमिनका दुलाहरू टाल्ने

पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने,

सुत्नअघि ओछ्यान, खाटमुनी र वरपर राम्ररी हेर्ने,

सधैँ झुल टाँगेर सुत्ने ।

सर्पले टोकिहाले के गर्ने?

– शरीरमा विष फैलिन नदिन टोकेको घाउभन्दा २ देखि ४ इन्च माथि पट्टी बाँध्नुहोस् ।

– यदि टोकेको ठाउँ चिसो वा सुन्निने भयो भने, पट्टी धेरै कसिएको छ । यसलाई खुकुलो पार्नुहोस्।

– डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने,

– बिरामीको आत्मविश्वास कायम राख्ने,

सम्भव भए सम्म डस्ने सर्पको पहिचान गर्ने र जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्र पुर्‍याउनु पर्छ ।

के नगर्ने ?  

– सर्पलाई समात्ने या मार्ने प्रयास नगर्नुहोला । सर्पले फेरि टोक्न सक्छ ।

– आफ्नो मुखले रगत नचुस्नुहोस् (मुखमा कीटाणुहरूले टोकेको घाउमा संक्रमण हुन सक्छ) र आफैँलाई विषको खतरा हुन सक्छ सक्छ।

–  टोकेको क्षेत्रमा बेस्सरी नबाँध्नुहोला।

– मलम, रासायनिक पदार्थ तातो चिसो प्रयोग नगर्ने,

– धामी झांक्रीतिर नलाग्ने,

– विष सोस्ने ढुंगाको पछि नलाग्ने,

– टोकाईको पीडा बिर्सन रक्सी सेवन नगर्नुहोला। बरु यसले विष चाँडो फैलन सहयोग गर्छ।

– सर्पको टोकाईमा बरफ नराख्नुहोस् किनकि बरफले रक्तसञ्चार अवरुद्ध हुन सक्छ ।

– टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास नगर्नुहोला, यसले शरीरको तन्तु नष्ट गर्छ ।

– सर्पले टाेकेकाे स्थानकाे घाउ काट्ने प्रयास नगर्नुहोस् । सर्प विषालु थियो वा होइन भन्ने अनुमान गर्ने प्रयास नगर्नुहोस्।

– एस्पिरिन, ब्रुफेन या अन्य खालको पेनकिलर नलिनुहोला । यस्ता पेनकिलरले रगत पातलो बनाउँछ।

श्रोत : विभिन्न मिडियाकाे सहयोगमा 

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १ : ५६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्