बजेटको प्रभावकारी कार्यान्वयनमा सांसद्हरुको जोड « Khabarhub

बजेटको प्रभावकारी कार्यान्वयनमा सांसद्हरुको जोड


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१-८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ । 

छलफलमा भाग लिँदै सांसद दीपक गिरीले हरेक वर्ष ल्याइने बजेटको व्यवहारिक कार्यान्वयन नभएको बताए ।

 प्रत्येक आर्थिक वर्षको बजेटमा ‘बजेट व्यवस्था गरिएको’, ‘बजेट व्यवस्था गरिनेछ’ भन्ने शब्द राखेर नागरिकलाई झुक्याउने काम गरिएको उनको भनाइ थियो ।   

सांसद ठाकुर गैरले आगामी आवको बजेट आधारभूत रुपमा सही रहेको उल्लेख गर्दै सत्तारुढ दलको साझा नीति तथा कार्यक्रममा तादम्यता कायम हुन नसकेको हो कि भन्ने जिज्ञासा राखे । उनले बजेटमा राखिएका कतिपय विषय कार्यान्वयन हुन नसकेको तथ्य पेस गर्दै व्यवहारिक कार्यान्वयनमा जोड दिए। 

सांसद पूर्णबहादुर घर्तीले सरकारले आगामी आवका लागि प्रस्तुत गरेको बजेटमा पूर्ण समर्थन रहेको बताए । बजेटले संविधानको कार्यान्वयन, रोजगार वृद्धि, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेको स्पष्ट पार्दै उहाँले मुलुकमा देखिएका चुनौतीलाई सम्बोधन गर्ने लक्ष्य बजेटमा राखिएकाले सकारात्मक रहेको बताए । 

सांसद सन्तोष परियारले राजनीतिक परिवर्तनलाई स्थायित्व बनाउन अर्थराजनीतिले पनि विशेष ध्यान दिनुपर्ने बताए। उनले काठमाडौँ उपत्यकालाई सांस्कृतिक सहर घोषणा गर्न माग गरे । चालु खर्च र पुँजीगत खर्चको बीचमा रहेको खाडल कम गरेर जानुपर्नेमा उनले जोड दिए।

सांसद कृष्णकुमार श्रेष्ठले बजेटमा तराई-मधेशमा भूमिगत जल सिँचाइ कार्यक्रम, स्यालो ट्युबेललगायत विषय समेटिएको, उर्वर भूमिलाई विशेष प्राथमिकतामा राखिएको बताए । तराई-मधेशमा खानेपानीको अभाव रहेकाले त्यसलाई सम्बोधन गर्नेतर्फ ध्यान दिन नसकेको उनले गुनासो गरे। 

सांसद अमरेशकुमार सिंहले राजनीतिक प्रभावका आधारमा बजेट विनियोजन गरिएको, अर्थतन्त्र मन्दीमा रहेकाले त्यसको समाधानका लागि ध्यान नदिइएको बताए। बैठकमा सांसदहरू बिना जैशवाल, सुशीला श्रेष्ठ, सोनु मुर्मु, सर्वेन्द्रनाथ शुक्लाले आगामी आर्थिक वर्षको बजेटका बारेमा आलोचनात्मक टिप्पणी गरे । 

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  २ : २८ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व