अन्नपूर्ण केबलकार र प्रभु बैंकबीच छुट सम्झौता « Khabarhub

अन्नपूर्ण केबलकार र प्रभु बैंकबीच छुट सम्झौता


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको लेकसाइड सेदीबगरमा रहेको अन्नपूर्ण केबलकार प्रा.लि र प्रभु बैंक लिमिटेडबीच केबलकार सेवामा बैंकका ग्राहक र कर्मचारीलाई छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बुधबार एक समारोहको बीचमा अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंक लि.को तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त समारोहमा प्रभु बैंक सहसम्बन्ध प्रबन्धकहरू प्रकाश पौडेल, शर्मिला भण्डारी, गण्डकी प्रदेश सञ्चालन अधिकृत सन्तोष अधिकारी, अन्नपूर्ण केबलकारका प्रशासन अधिकृत सुजल पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ६ : ३७ बजे

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र