आजका समाचार : मधेशमा अड्कियो विश्वासको मतदेखि भारतमा लोकसभा भंग, मोदीले बुझाए राजीनामा | Khabarhub Khabarhub

आजका समाचार : मधेशमा अड्कियो विश्वासको मतदेखि भारतमा लोकसभा भंग, मोदीले बुझाए राजीनामा


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

प्रतिनिधिसभा बैठक :  तीन विधेयक पेस
प्रतिनिधिसभाको आजको बैठकमा तीनवटा विधेयक पेस गरिएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेस गरेका हुन् ।


सुरुका दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नुभएको विरोधका सूचनालाई सभाको बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।

बजेटलाई प्रभावकारी कार्यन्वयन गर्नुपर्नेमा सांसदहरुको सुझाव

प्रतिनिधिसभा बैठक : बजेट कार्यान्वयन चुनौतीपूर्ण

बजेटको प्रभावकारी कार्यान्वयनमा सांसद्हरुको जोड

सांसद राजभण्डारीको गुनासो स् विद्युतीय चुरोटले किशोरकिशोरी बिग्रिन थाले

तराई-मधेशमा बढिरहेका आपराधिक घटनाका दोषीलाई कारबाही गर्न माग

स्पन्ज आइरनको भन्सार दर परिवर्तनमा अर्थमन्त्रीको नियत राम्रो देखिएन : महामन्त्री थापा

हिजो अलग भएका साथीहरू आउन तयार हुनुहुन्छ, म स्वागत गर्न तयार छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताउँदै सबैलाई एकीकृत गरेर अगाडि बढिने बताएका छन् ।

पोखरामा आज आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आफू निरन्तर जनक्रान्तिमा रहेको स्पष्ट पार्दै सबै माओवादी धारहरूलाई एकीकृत हुन आग्रह गरे ।

त्रिभुज परियोजना देशकै महत्वपूर्ण : प्रधानमन्त्री

भावी पुस्तालाई स्वच्छ वातावरण हस्ताक्षर गर्न सबै एकजुट हुनुपर्छ : मन्त्री सुडी

प्रधानमन्त्रीलाई पोखराका सहकारी पीडितहरूको कालोझण्डा, ११ जना पक्राउ

शिक्षामन्त्री श्रेष्ठको प्रश्न- विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइन्छ ?

विश्वासको मतमा फेल हुने निश्चित भएपछि बिरामी परे मधेसका मुख्यमन्त्री
विश्वासको मत लिनेगरी बुधबारका लागि मधेस प्रदेश सभाको बैठक डाकिएको अवस्थामा मुख्यमन्त्री सरोजकुमार यादव बिरामी परेका छन् ।

आफू बिरामी परेको भन्दै उनले विश्वासको मतसम्बन्धी कार्यसूची सार्न सभामुख रामचन्द्र मण्डलकहाँ पत्र पठाएका छन् ।


प्रदेशसभाको बैठक बुधबार दिउँसो ३ बजे बस्ने गरी डाकिएको बैठकको कार्यसूचीबाट विश्वासको मत लिने कार्यक्रम हटाइदिन भन्दै मुख्यमन्त्रीले पत्र पठाएका हुन् ।

मुख्यमन्त्री यादवको पत्र आएपछि सर्वदलीय बैठक बोलाइएको मधेश प्रदेशसभाका सूचना अधिकारी चन्दनकुमार ठाकुरले खबरहबलाई बताए ।

सडक दुर्घटना न्यूनीकरण गर्न सबैको साथ आवश्यक : मुख्यमन्त्री पाण्डे

कोशी सरकारविरुद्ध रिटको सुनुवाइ पूर्ण इजलासमा हुने

फोहोर-मैला मजाकको विषय हुन सक्दैन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फोहोरमैलालाई मजाकको विषय नबनाउन आग्रह गरेका छन् ।

विश्व वातावरण दिवसका अवसरमा ‘राष्ट्रका लागि दुई घण्टे अभियान’ले बुधबार गरेको अरनिको राजमार्ग सफाइ अभियानको बेलुन उडाएर उद्घाटन गर्दै अध्यक्ष ओलीले फोहोरमैला व्यवस्थापनमा अभियानमा सबैको सहयोग हुनुपर्ने बताए ।


उनले भने, ‘फोहोरमैला मजाकको विषय होइन, फोहोरमैला प्रतिशोधको विषय पनि होइन, यो गैरजिम्मेवारी प्रदर्शन गर्ने विषय पनि होइन, फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी हामी सबैको हो । कर्तव्यका रूपमा लिई फोहोरमैला व्यवस्थापन अभियान सफल बनाउन सबैसँग अनुरोध गर्दछु ।’

जलवायुजन्य क्षतिमा नेपालको अधिकार सुनिश्चित गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् : राष्ट्रपति

जलवायु परिवर्तनको असर न्युनिकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपतिको अपिल

विश्व वातावरण दिवस : तारकेश्वरमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न

वातावरणीय न्यायका लागि काठमाडौँमा पदयात्रा

अन्तराष्ट्रिय…

भारतीय लोकसभा भंग, प्रधानमन्त्री मोदीले बुझाए राजीनामा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । त्यसअघि उनी नेतृत्वको मन्त्रिमण्डलले १७ औँ लोकसभा भंग गर्ने सिफारिस राष्ट्रपतिकहाँ गरेको थियो ।

राष्ट्रपति भवनका अनुसार प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसँग संवादसँगै राजीनामा पत्र पनि बुझाएका हुन् ।


प्रधानमन्त्री मोदीले केन्द्रीय मन्त्रिपरिषद्सहित आफ्नो राजीनामा पनि बुझाए । राष्ट्रपतिले राजीनामा स्वीकार गर्दै प्रधानमन्त्री तथा केन्द्रीय मन्त्रिपरिषद्‍बाट नयाँ सरकार नबनुन्जेल पदमै रहन अनुरोध गरिन् ।

मंगलबार सार्वजनिक लोकसभाका ५४३ सिटकै नतिजाअनुसार मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री हुने अवस्थामा पुगेका छन् । भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई २९२ अर्थात् लोकसभामा बहुमत मिलेको छ ।

जापानको जन्मदरको स्थिति ‘चिन्ताजनक’

‘प्राइमरी’ चुनावी परीक्षणमा ट्रम्प

अष्ट्रेलियाको आर्थिक वृद्धिदर १.१ प्रतिशत

ताइवानको सीमा नजिकै देखिए २६ चिनियाँ लडाकु विमान

पपुवा न्युगिनीको पहिरोस्थलमा उद्धार कार्य रोकिने

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ७ : ५७ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार