विश्व खाद्यान्न मूल्य जुनमा स्थिर : एफएओ | Khabarhub Khabarhub

विश्व खाद्यान्न मूल्य जुनमा स्थिर : एफएओ


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

रोम – विश्व खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले शुक्रबार बताएको छ । एफएओले सन् २०२४ मा विश्वव्यापी अनाज उत्पादन सर्वकालीन उच्चमा पुग्ने प्रक्षेपण गरेको छ ।

व्यापक एफएओ खाद्य मूल्य सूचकाङ्क गत महिना औसत एक सय २० दशमलव छ अङ्क थियो । यो मे महिनादेखि करिब अपरिवर्तित थियो । तथापि सन् २०२३ को तुलनामा सूचकाङ्क दुई दशमलव एक प्रतिशत कम रहेको थियो ।

एफएओका अनुसार गहुँको बलियो फसल र उत्तरी गोलार्धमा अनुकूल बढ्दो अवस्थाका कारण सूचकाङ्कको सबैभन्दा ठूलो घटक अनाजको मूल्य मेको तुलनामा तीन प्रतिशतले घटेको छ । सोही अवधिमा माग घटेका कारण चामल र मकैको मूल्य घटेको हो ।

पाम तेलको माग बढेका कारण मेको तुलनामा तरकारी तेलको मूल्य तीन दशमलव एक प्रतिशतले बढेको छ । जैविक इन्धन क्षेत्रको बढ्दो मागले सोया र सूर्यमुखी तेलको मूल्यको दबाबमा योगदान पु-याएको थियो ।

जुन महिनामा दुग्ध उत्पादनको मूल्य मेको तुलनामा एक दशमलव दुई प्रतिशतले बढेको र अघिल्लो वर्षको तुलनामा छ दशमलव छ प्रतिशतले बढेको छ । बढ्दो विश्वव्यापी मागका कारण मक्खनको मूल्य दुई वर्षयताकै उच्चस्तरमा पुगेको छ । यद्यपि, पश्चिमी यूरोपमा उत्पादन घटेको र ओशिनियामा कम इन्भेन्टरीहरूले मूल्यहरूमा माथिल्लो दबाबमा योगदान पु-याएको थियो ।

चिनीको मूल्य अघिल्लो महिनाको तुलनामा एक दशमलव नौ प्रतिशतले बढेको छ र लगातार तीन महिनाको गिरावटपछि पुनः वृद्धि भएको छ । यो वृद्धि मुख्यतया विश्वको अग्रणी चिनी उत्पादक ब्राजिलमा फसलको चिन्ताको कारण हो ।

एफएओले सन् २०२४ मा विश्वव्यापी अनाज उत्पादनका लागि आफ्नो पूर्वानुमानलाई दुई अर्ब ८५ करोड ४० लाख टनको रेकर्ड उच्चमा परिमार्जन गरेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ८ : ३७ बजे

मधेश सरकार गठनविरुद्ध विरोध प्रदर्शन जारी

काठमाडौं– मधेश प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले बुधबार

शशांकको प्रस्ताव : विशेष महाधिवेशन पक्षधरलाई पनि मनाएर पहिले निर्वाचनमा जाऊँ

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले महाधिवेशनबारे पक्ष–विपक्षमा बाँडिएर

जेन-जी मतदाताको अठोट- ‘बाआमासँग सल्लाह गरेर भोट हाल्ने दिन गए’

काठमाडौं– फागुन २१ गते चुनाव भएमा २३ वर्षकी सगुन पहारीले

दिल्ली विस्फोटपछि काश्मीरमा प्रहरीको कडाइ, धेरै सन्दिग्ध हिरासतमा

एजेन्सी– भारतीय सुरक्षा निकायहरूले नयाँदिल्लीमा भएको घातक कार विस्फोटको अनुसन्धानको

नेकपामा प्रवेश गर्दै प्रकाशबहादुर शाहले भने- हेलिकप्टर चढेर भाग्दा पनि ओलीको अहंकार उस्तै रहेछ

काठमाडौं- नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रकाशबहादुर शाह बुधबार नवगठित