धुमधामसँग सुरु भयो गुँला पर्व (तस्बिरहरू) « Khabarhub

धुमधामसँग सुरु भयो गुँला पर्व (तस्बिरहरू)


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूमा सोमबारदेखि गुँला पर्व धुमधामसँग सुरु भएको छ ।

नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजासहित बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।

हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायी भगवान बुद्धप्रतिको आस्था प्रकट गर्दै एक महिनासम्म गुँला पर्व मनाउँदै छन् ।

श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने पर्वमा बौद्धधर्म भक्तिभाव झल्काउने कर्म गरिन्छ । शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाका रूपमा यो एक महिना अवधि लिने गरिन्छ ।

काठमाडौं स्वयम्भू महाचैत्य परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरी, केलटोलस्थित सेतो मत्स्यनारायण पनि परिक्रमा गर्ने परम्परा छ ।

नेवारी भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ हो भने ‘ला’को अर्थ ‘महिना’ भएकोले नेपाल सम्वतको नवौँ महिनाको पारु तिथिमा यो पर्व मनाउने गरिन्छ ।

हरेक बिहान गुलाः बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथ बौद्ध चैत्य, मन्दिर तथा विहार परिक्रमा गरेर पर्व सुरु गरिन्छ ।

सिठी नखःमा थन्क्याइएको बाजा गठेमंगलका दिन निकालेर गुँला पर्व सुरुवातमा निकालिन्छ । नेवार समुदायका गोपालीले पानीका मुहानमा पुजा गरी परिक्रमा गर्ने चलन छ ।

असारभर पानी परेर थुनिएका मुहान, ढल, कुलेसो यही समय खोल्ने गरिन्छ । मानव रक्षा र विभिन्न अवस्थामा भएका मानवीय गल्ती प्रायश्चित गर्न यो पर्व मनाउने गरिने कथन छ । संस्कृतिविद् डा. चुन्दा बज्राचार्यका अनुसार गुँला पर्वमा बौद्ध स्तुपा, चैत्य, गुम्बा परिक्रमा गर्दै बुद्ध भगवानको ध्यान गर्ने परम्परा छ ।

दिनहुँ बिहान स्नान गरी बाजागाजासहित स्त्रोत्र पाठ गर्दै स्वयम्भू महाचैत्य, प्रतापपुर, अनन्तपुर र तीर्थस्थल परिक्रमा गर्ने प्रचलन रहेको उनले सुनाइन् ।

 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १२ : ०१ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष