संवादका माध्यमबाट समस्या समाधान गर्नुपर्छ : कमल थापा « Khabarhub

संवादका माध्यमबाट समस्या समाधान गर्नुपर्छ : कमल थापा


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले मुलुकको भूराजनीति, सुरक्षा एवं सामरिक मामिलामा नेपाल र भारतबीच अवधारणागत भिन्नता रहेकाले द्विदेशीय सबै समस्या संवादका माध्यमबाट समाधान हुनुपर्नेमा जोड दिएका छन् । 

आगामी भदौ १० गते कृष्णजन्माष्टमीका दिन सार्वजनिक हुने आफ्नो तेस्रो कृति ‘नाकाबन्दी र भूराजनीति कूटनीतिमा मेरो अनुभव र अनुभूति’बारे जानकारी दिने उद्देश्यले कूटनीतिक मामिलामा समाचार लेख्ने केही पत्रकारसँग आज आयोजित छलफलमा लेखक थापाले सन् १९५० को शान्ति तथ मैत्री सन्धि तथा त्यसयता विकसित भएको दुई देशबीचको सम्बन्धका विविध आयामलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताए । 

‘एकीकृत महाकाली सन्धि तथा २०७२ सालमा देशको नयाँ संविधान जारी भएपछि परराष्ट्रमन्त्रीका रूपमा मैले निर्वाह गरेको भूमिका, त्यसैको सेरोफेरोमा रहेर आफ्ना अनुभूति अभिव्यक्त गरेको छु,’ प्रकाशोन्मुख कृति आत्मकथा नभएको स्पष्ट गर्दै पूर्वसञ्चारमन्त्री थापाले भने । 

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन परम्परागत परिभाषा परिमार्जनको आवश्यकता औँल्याउँदै लेखक थापाले आपसी सम्बन्धलाई नयाँ शिराबाट समीक्षा गर्नुपर्ने बताए । 

लेखक थापा तत्कालीन प्रधानमन्त्रीत्रय लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री थिए ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १ : ०५ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको