प्रधानमन्त्री ओलीले ‘फास्ट ट्रयाकको सुरुङ मार्गमा यात्रा गर्दै « Khabarhub

प्रधानमन्त्री ओलीले ‘फास्ट ट्रयाकको सुरुङ मार्गमा यात्रा गर्दै


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनाद्वारा निर्माणाधीन काठमाडौं–निजगढ फास्ट ट्रयाक अनुगमनका क्रममा सुरुङमार्गको पनि यात्रा गर्ने भएका छन् ।

प्राविधिकहरूको टोली लिएर अर्थमन्त्रीसहित ओली सोमबार बिहान काठमाडौंबाट फास्ट ट्रयाकको लेनडाँडा बेस क्याम्पमा अवतरणपछि अनुगमनमा निस्किएका हुन् ।

अनुगमनका क्रममा उनले नेपाली सेनाले बनाएका सुरुङमार्गको पनि यात्रा गर्दैछन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र मुख्य सल्लाहकार बिष्णु रिमालसहित गएका ओलीले केही सुरुङमार्गको यात्रा गर्न लागेका हुन् ।

सचिवालयका अनुसार ओली सुरुमा गाडीबाट लेनडाँडा सुरुङको निकासतर्फ गएर आउनेछन् ।

फास्ट ट्रयाकको निर्माण अहिले नेपाली सेनाले गरिरहेको छ । सेनाले त्यहाँ नेपालमै पहिलो पटक धरहराभन्दा अग्ला पुल र केही किलोमिटर लामा सुरुङमार्ग पनि बनाइरहेको छ ।

अनुगमनका क्रममा ओलीले निगगढ-काठमाडौंतर्फको लेनडाँडा सुरुङमार्ग हुँदै प्रवेश इलाकातर्फ गएर फर्किने तालिका छन् । त्यसैगरी लेनडाँडा इलाकामा निर्माणाधीन सुरुङ, जितपुर खोला पुल तथा धोद्रे सुरुङको निकास क्षेत्रको पनि ओलीले निरीक्षण गर्दैछन् ।

त्यसैगरी निजगढ-काठमाडौंको धोद्रे सुरूङ मार्ग हुँदै प्रवेश इलाकातर्फ गएर फर्किने तालिकाअनुसार अहिले ओली अनुगमनमा छन् ।

त्यसैगरी काठमाडौं-निजगढतर्फको धेद्रे सुरुङमार्गको ब्रेक थ्रू पनि ओलीको उपस्थितिमा हुँदैछ ।

त्यसपछि ओलीले धेद्रे इलाकामा निर्माणाधीन पुल तथा द्रूतमार्गका संरचना र ब्रेक थ्रु भएको धेद्रे सुरुङमार्गको पनि निरीक्षण गर्दैछन् ।

उनी त्यसपछि निजगढ-काठमाडौंतर्पको धेद्रे सुरुङमार्ग तथा काठमाडौं-निजगढतर्फको लेनडाँडा सुरूङमार्ग हुँदै बेसक्याम्प आएर काठमाडौं फर्किने तालिका छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १ : ३१ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष